Karnali Aawaj

Advertisement
Advertisement

दीपेन्द्र माविले मनायो ६१ औं वार्षिकोत्सव

Advertisement

जाजरकोट । भेरी नगरपालिका ९ मा रहेको दिपेन्द्र माध्यमिक विद्यालयले आफ्नो ६१ औं वार्षिकोत्सव मनाएको छ । विद्यालयले एक कार्यक्रमको आयोजना गरेर १० माघमा आफ्नो वार्षिकोत्सव भव्य रुपमा मनाएको हो ।

वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथिको रुपमा उपस्थित भएका भेरी नगरपालिका मेयर चन्द्रप्रकाश घर्तीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर घर्तीले विद्यालयको शैक्षिक एवम् भौतिक क्षेत्रको विकास र विस्तारका लागि नगरपालिका प्रतिवद्ध रहेको बताए । दीपेन्द्र मावि पछिल्लो समय नमुना विद्यालयको रुपमा विकसित हुँदै गएको भन्दै आगामी दिनमा थप उत्साहका साथ भौतिक क्षेत्र संगै शैक्षिक क्षेत्रको विकास हुनेमा मेयर घर्तीको विश्वास छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रराज घर्तीको अध्यक्षता तथा मेयर घर्तीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख अमृत पुन, भेरी नगरपालिका ९ र ८ का वडाध्यक्षहरु हिराप्रसाद शर्मा र विरबहादुर चन्द, नेकपा माओवादी केन्द्रका जिल्ला सचिव पुर्णदेव शर्मा लगायत राजनीतिक दलका प्रतिनिधिहरु, अभिभावक तथा विद्यालय परिवारको सहभागिता रहेको थियो ।

कार्यक्रममा विव्यस अधयक्ष घर्तीले विद्यालयको समग्र विकासका लागि आफु हरदम प्रयासरत रहेको बताए । विद्यालयको भौतिक क्षेत्रको विकासका साथै कसरी गुणस्तरिय शिक्षा प्रदान गर्न सकिन्छ भन्ने तर्फ आफुहरु केन्द्रीत रहेकोले भन्दै अध्यक्ष घर्तीले यसका लागि शिक्षक, विद्यार्थी, अभिभावक र राज्यका निकायहरु जिम्मेवार हुनुपर्ने बताए ।

प्रधानाध्यापक नविन कुमार केसीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा विद्यालयको शैक्षिक विकास र भौतिक विकासका सन्दर्भमा भएका प्रयासहरु र अव गर्नुपर्ने प्रस्तावहरु उल्लेख गरिएको थियो ।

विविध सांस्कृतिक प्रस्तुति सहित सम्पन्न कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search