Karnali Aawaj

Advertisement
Advertisement

डक्टरी पढ्न कर्णाली आउँछन भारतीय विद्यार्थी

Advertisement

सुर्खेत । कनकासुन्दरी गाउँपालिका–२ का जंगबहादुर रोकाया दस बर्ष अघिको कर्णालीको स्वास्थ्य अवस्था सम्झिँदा निकै भक्कानिन्छन् । कार्यालय सहयोगीले चलाइराखेको स्वास्थ्य संस्थाबाट उनी आफैँले सेवा लिएका छन् भने औषधि अभावले सामान्य बिरामीले समेत अकालमा ज्यान गुमाएको देखेका छन् ।

सुत्केरीलाई समयमै अस्पतालसम्म पुर्‍याउन नसक्दा आमा र बच्चाको ज्यान जोखिममा पर्नु त कर्णालीको व्यथा नै थियो ।यतिसम्म कि मरेको शव पोर्ष्टमार्टमका लागि समेत दोहोरो भाडा तिरिदिएर नेपालगञ्जबाट डाक्टर झिकाउनुपर्थ्यो । स्वास्थ्य शिक्षा त झन् परको विषय थियो ।

आफ्नै गाउँका दर्जन बढी सामान्य चोटपटक लागेका बिरामी महँगो खर्च जुटाएर सुर्खेत, नेपालगञ्ज र काठमाडौं पठाउनु परेको तितो यथार्थ उनले भोगेका छन् । ‘उतिबेला भोक, अनिकाल भन्दा पनि मानिसहरु रोगले मरेका थिए, उनी भन्छन् ।

तर पछिल्लो समय कर्णालीमा साधारण स्वास्थ्य सेवा होइन, सुविधायुक्त अत्याधुनिक प्रविधिको उपचार र स्वास्थ्य शिक्षासमेत सहज बन्दैछ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापनासँगै जुम्ला स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानमा फड्को मार्दैछ । प्रतिष्ठानमा कर्णालीबासी वा नेपालीको मात्रै होइन, विदेशी विद्यार्थीको समेत शैक्षिक गन्तव्य बन्दैछ ।

‘पहिले अभावै अभावमा गुज्रेको कर्णालीमा अहिले विदेशी विद्यार्थीहरु आएर डक्टरी पढ्ने अवस्था बनेको छ,ु जंगबहादुर भन्छन्, ुहामी कर्णालीबासीका लागि योभन्दा खुसीको विषय के हुन्छ

उसो त भारतलाई बिरामी र मजदुर पठाउने गरिरहेको थियो कर्णालीले । प्रतिष्ठान स्थापनाका पहलकर्ता नरेश भण्डारीले सेतो हिउँमा सेतो अप्रोनधारी डक्टरहरु उत्पादन गर्ने सपनाले गन्तब्य भेटाएको अनुभुति सुनाउँछन् ।

बिरामी पठाउने कर्णालीले डाक्टर पठाउन थालेको छ । सेतो अप्रोनधारी विदेशी विद्यार्थीहरुले कर्णालीमा अध्ययन गरिरहेको दृष्य हेर्ने सपना पुरा हुन थालेको छ । एमबीबीएसदेखि विभिन्न विधाका विशेषज्ञ चिकित्सकसमेत कर्णालीले देश विदेशलाई आपूर्ति गर्न सुरु गरेको उनले बताए।

अझ चिकित्सा पढ्न चाहने विदेशी विद्यार्थीका लागि समेत जुम्ला गन्तव्य बन्दैछ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला अभावको विम्ब बनेको कर्णालीको चित्र उल्टाउने आधार बनेको भण्डारी बताउँछन् । प्रतिष्ठानले यसै वर्षदेखि चिकित्सा शास्त्रअन्तर्गत् एमबीबीएस पढाउन ५० विद्यार्थीको भर्ना लिएको छ । जसमा ३ जना भारतीय विद्यार्थी समेत छन् ।

यही शैक्षिक सत्रमा प्रतिष्ठानमा डाक्टर पढ्न तीन जना भारतीय विद्यार्थी भर्ना भएको प्रतिष्ठानका उपकुलपति डा। मंगल रावलले बताए । उनका अनुसार तीमध्ये २ छात्रा र १ छात्र छन्। दुवै छात्रा जम्मु काश्मिरकी हुन् भने छात्र अल्लाहपुर, उत्तर प्रदेशका । प्रतिष्ठानले एमबीबीएस अध्यापन सुरु गरेको तीन बर्ष भइसकेको छ । चौँथो ब्याचमा भारतीय विद्यार्थीहरु समेत भर्ना हुन आइपुगेका छन् ।

प्रतिष्ठानले पहिलो बर्ष एमबीबीएस अध्यापनको लागि २० जनाको कोटा पाएको थियो । पछिल्लो दुई बर्षमा ३०र३० जना भर्ना लियो । यो बर्षदेखि चिकित्सा शिक्षा आयोगले ५० जनाको कोटा दिएपछि जुम्लामा चहलपहल अझै थपिएको छ ।

प्रतिष्ठान जुम्लामा डक्टरी बिषयमा गुणस्तरीय पठनपाठन भइरहेकोले पनि विदेशी विद्यार्थीहरुले चासो देखाएको हुन सक्ने पदाधिकारीहरुले बताएका छन् । अहिले चिकित्सा शिक्षाका चार वटा स्कुलमा स्नातक र स्नातकोत्तर गरी १३ वटा कार्यक्रम चलिरहेका छन् ।

स्कुल अफ मेडिसिन, स्कुल अफ फार्मेसी र स्कुल अफ पब्लिक हेल्थमा स्नातकदेखि स्नातकोत्तरसम्मका कार्यक्रम सञ्चालनमा छन् । स्कुल अफ नर्सिङमा अहिलेसम्म स्नातक मात्रै भए पनि अर्को सत्रबाट स्नातकोत्तर कार्यक्रम थपिने उपकुलपति रावलले बताए ।

यी सबै कार्यक्रमका लागि झण्डै एक सय शिक्षक–प्राध्यापक खटिएका छन् । अहिले करिब ३ सय विद्यार्थी अध्ययनरत प्रतिष्ठानमा यही फागुनबाट ४ सय पुग्ने उनको भनाइ छ । ुएमबीबीएस, एमडी, बीएससी नर्सिङ, बीएनएस, बी फार्मा, एमपीएचलगायत कार्यक्रम चलाउने बिषय उठ्दा पनि धेरैले खेलाँची ठान्थे, तर ती सबै कुरा अहिले सम्भव र सफल भएका छन्,ु उनले भने ।

उनले सम्बन्धित काउन्सिलका परीक्षामा बीपीएच र नर्सिङमा शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको बताए । अन्य विधामा पनि राष्ट्रिय औसतभन्दा राम्रो स्थानमा रहेको उनको भनाइ छ ।

उनका अनुसार प्रतिष्ठानको आम्दानी पनि गएका ३ वर्षमा ७ गुणाले बढेको छ । ३ वर्षअघिसम्म वार्षिक ५ करोड आम्दानी हुने प्रतिष्ठानले गत वर्ष २७ करोड कमाएको थियो । ‘यो वर्ष ३२ करोड रूपैयाँ पुग्ने अनुमान छ,’ उपकुलपति डा। रावल भन्छन्, ‘जुम्लाजस्तो ठाउॅमा धेरैले असम्भव भनेको कामले मूर्तरूप पाएको छ ।’

आन्तरिक आय बढे पनि प्रतिष्ठान अझै आत्मनिर्भर भने हुन सकेको छैन । बढिरहेका कार्यक्रमका लागि शिक्षक तथा कर्मचारीको संख्या पनि बढिरहेकाले बजेट अपुग भइरहेको उनले बताए । ८ वर्षअगाडि ५० देखि १ सयको बीचमा बिरामी आउने प्रतिष्ठानको अस्पतालमा अहिले दैनिक ६ सयसम्म सेवा लिन आइरहेका छन् ।

आसपासका अरू धेरै जिल्लाका बिरामीलाई सहज होस् र दैनिक २ हजार बिरामीको उपचार गर्न सकियोस् भनेर प्रतिष्ठानले दैलेखको राकम कर्णालीमा १ सय शय्याको स्याटेलाइट अस्पताल बनाउने योजना प्रतिष्ठानसँग छ । यसो गर्दा कर्णाली प्रदेश र सुदूरपश्चिमको करिब १० लाख जनसंख्यालाई आफ्नो सेवा क्षेत्रमा समेट्ने प्रक्षेपण छ ।

जुम्लामै विशेषज्ञ सेवा उपलब्ध भएपछि एकातिर जनताको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पारेको छ, अर्कोतिर नेपालगन्ज र अरू सहरहरूमा गएर उपचार गराउने खर्च जोगिएको छ।

‘प्रकारान्तरले यो राज्यलाई नै योगदान हो,’ रावलले भने,‘ एउटा हात भाँचिएको बिरामी जुम्लाबाट काठमाडौँको वीर अस्पताल जाने हो भने कम्तिमा १ लाख खर्च हुन्छ । अब यो उपचार जुम्लामै हुन्छ र यति ठूलो खर्च पनि जोगिने अवस्था बनेको छ ।’

ुयसअघिसम्म कर्णाली अभाव, रोग, भोग, अशिक्षा, अत्यास र आहतको पर्याय बन्यो । भौगोलिक विकटता त एउटा बहाना मात्र थियो। राज्यको उदासीनता मुख्य कारण थियो, उनी भन्छन् । प्रतिष्ठानले विशेषज्ञस्तरको स्वास्थ्य सेवा सुनिश्चित गर्दैछ । यसले मानव विकास सूचक सुधारमा प्रत्यक्ष योगदान गर्ने विश्वास उनको भनाइ छ ।

उनी अघि थप्छन्, अब कर्णालीमा पहिलाजस्तो हैँजा वा रुघाखोकीको महामारीले त मान्छे मर्न दिदैनौं नै । अरु ठूला महामारी र स्वास्थ्य संकटसँग जुध्ने क्षमता हामीसँग छ ।

कोभिडकालमा महामारीसंग लड्न प्रतिष्ठानले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही भागका लागि ठूलो भरथेग गरेको थियो । केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला, टेकुपछि सर्वाधिक नमुना परीक्षण गर्ने संस्थामा यही प्रतिष्ठान दरिएको थियो ।

नेपालगन्जको भेरी अस्पतालमा आईसीयु चलाउन पनि जुम्लाबाट डक्टरहरु गएका थिए । प्रतिष्ठानले मलेसियाको सनवे विश्वविद्यालयअन्तर्गतको सनवे मेडिकल सेन्टरसँग अनुभव आदानप्रदान समेत गर्दैछ । यसका लागि समझदारी भइसकेको छ । जसअनुसार, ५ जना एमडी र नर्स आगामी केही महिनामा मलेसिया गएर तालिम गर्नेछन् भने त्यहॉबाट पनि केही कर्णालीमा आएर अभ्यास गर्नेछन्।

एमडी र नर्स गरी ५ जनाले त्यहॉ काम गर्न पाउने र त्यहॉका पनि कर्णालीमा आउनेछन् । अमेरिकाको हृयुस्टन मेडिकल स्कुलका प्राध्यापक पनि प्रतिष्ठानमा योगदान गर्नेछन् । यस्तै मेमोरियल युनिभर्सिटी अफ क्यानाडासंग अनुसन्धान र एमडीजीपी कार्यक्रमका लागि सहकार्य हुंदैछ ।

दुवै संस्थाबीच शिक्षक–प्राध्यापकसमेत आदानप्रदान हुने गरी प्रक्रिया अघि बढेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले आवश्यकता अनुसार पूर्वाधार बनाउन सकेको छैन । २०७२ सालमा जुम्लामा ३ सय शय्याको अस्पताल बन्यो । कक्षा सञ्चालन, छात्रावास र शिक्षक–प्राध्यापकका लागि आवास बनाउन बाँकी नै छ।

भौतिक सुविधाको अभाव र न्यून तलबका कारण विशेषज्ञ चिकित्सक टिकाउन प्रतिष्ठानलाई हम्मे परेको छ । सरकारी कर्मचारीले विभिन्न नाममा ५ पटकसम्म तलब सुविधा बढाउँदा जुम्लामा पढाउन जाने विशेषज्ञ चिकित्सकको तलब ७ वर्षदेखि बढाउन नसकेको प्रतिष्ठानको नेतृत्व गुनासो गर्छ । – कान्तिपुर

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

फर्किदै जंगल, बदलिँदै जीवन : ‘माइ फरेष्ट चाइल्ड’ परियोजनाको प्रभाव

फर्किदै जंगल, बदलिँदै जीवन : ‘माइ फरेष्ट चाइल्ड’ परियोजनाको प्रभाव

जाजरकोट । जाजरकोटमा नाङ्गिदै गएका डाँडा पाखाहरूमा अहिले हरियाली फर्किन थालेको छ । बढ्दो वन विनास, अतिक्रमण र अवैज्ञानिक विकास निर्...
भेरी नगरपालिकाका सबै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरू

भेरी नगरपालिकाका सबै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरू

जाजरकोट। भेरी नगरपालिकाका १३ वटै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरु गरिएको छ । जिल्लाका ७ वटा स्थानीय मध्य सबै वडामा ...
कर्णालीमा मन्त्रालयको संख्या ६ मा झारियो

कर्णालीमा मन्त्रालयको संख्या ६ मा झारियो

सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ । सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुन ...
कर्णालीमा २० लाख कमका आयोजना नबन्ने

कर्णालीमा २० लाख कमका आयोजना नबन्ने

सुर्खेत । कर्णाली प्रदेशको विकास प्रक्रियालाई थप पारदर्शी, प्रभावकारी र जवाफदेही बनाउने उद्देश्यले प्रदेश सरकारले ‘आयोजनाको प्रस्त...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search