Karnali Aawaj

Advertisement
Advertisement

१०३ वर्षीय पुरुषले गरे तेस्रो बिहे

Advertisement

एजेन्सी । भारतमा १०३ वर्षका एकजना वृद्धले बिहे गरेको समाचार यतिबेला भाइरल बनेको छ । एक्लोपन भगाउन भन्दै भोपालका ती वयोवृद्धले ४९ वर्षकी महिलासँग तेस्रो बिहे गरेका हुन् ।

हबीब नजर उर्फ मंझले मियांलाई आजतकले मध्य प्रदेशको सबैभन्दा पाको बेहुला भनेको छ । स्वतन्त्रता सेनानी हबीबले आफू एक्लो भएको भन्दै एक्लोपन भगाउन आफूभन्दा आधाभन्दा कम उमेरकी बेहुली भित्र्याए ।

सामाजिक सञ्जालमा यतिबेला यो बिहेबारे निकै चर्चा चलिरहेको छ । यो बिहे सन् २०२३ मा भएको हो । तर अहिले आएर भिडियो भाइरल भइरहेको छ । बेहुला र बेहुलीको उमेर र उमेर अन्तरका कारण पनि बिहेबारे चर्चा चुलिएको हो । बेहुली फिरोज जहाँको उमेर ४९ वर्ष रहेको छ । आइतबार बिहेको भिडियो सामाजिक सञ्जालमा शेयर गरिएको थियो । भिडियो शेयर हुने बित्तिकै भाइरल भयो । हबीब नजरको यो तेस्रो बिहे हो ।

भिडियोमा हबीब बिहे गरेर बेहुलीसँग घर फर्किरहेका छन् । मान्छेहरुले उनलाई बधाई दिइरहेका छन् । हबीब मुसुक्क मुस्कुराउँदै सबैलाई धन्यवाद भनिरहेका छन् । हबिबको पहिलो पत्नीको तर्फबाट सन्तान थिएनन् । त्यसपछि उनले अर्को बिहे गरे । तर दोस्रो पत्नीबाट पनि उनले सन्तान सुख पाएनन् ।

दोस्रो श्रीमतीको २ वर्षअघि मृत्यु भएपछि उनी एक्लो भएका थिए । सुरुमा फिरोजले वयोवृद्धसँग बिहे गर्नका लागि अस्वीकार गरेकी थिइन । श्रीमानको मृत्युपछि फिरोज एकल जीवन बिताउँदै थिइन् । आफू पनि एक्लो अनि हबीब पनि एक्लो भन्दै पछि बिहेको लागि स्वीकृति दिइन् ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search