Karnali Aawaj

Advertisement
Advertisement

जाजरकोटको एउटै वडाका २० जना पुरुष जेलमा

Advertisement

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका वडा नं. ९ का २० जना पुरुष जेलमा छन । अफिम खेती तथा ओसारपसार सम्बन्धी कसुरमा नलगाड ९ घोरेङ्गा, बाँसकोट र ताँत्रा गाउँका गरि २० पुरुष जेल परेका हुन ।

आर्थिक प्रलोभनमा एक अपरिचित व्यक्तिको अफिम ओसारपसार गर्दा जेल उनिहरुलाई ३ वर्षदेखि १० वर्ष सम्मको कैद सजाय तोकिएको छ । जसमा १२ जना भारतीय कारागार र पाँचजना जाजरकोट कारागारमा छन् । यस्तै, सुर्खेत, बाँके र काठमाडौं कारागारमा एक/एकजना रहेका छन् ।

मूल व्यक्ति घरमा कमाउने मान्छे नै जेल गएपछि परिवारको विचल्ली भएको छ । धन कमाउने अभिभावक जेल परेपछि गाउँमा साना बालबालिका, महिला, अपांगता भएका व्यक्ति, दीर्घरोगी र बेसाहारा व्यक्तिहरू मात्रै छन् । भूकम्पले चर्किएका घर छोडेर हाल त्रिपालमा बसिरहेका पीडित परिवारलाई खान लाउन नै समस्या भइरहेको छ । काम गर्ने सक्रिय युवाहरू नै जेल परेपछि अस्थायी टहरासमेत निर्माण गर्न नसकिएको स्थानीय लक्ष्मी सिंहले बताइन । ‘धन कमाउने श्रीमान् जेलमा हुनुहुन्छ । आयस्रोत केही छैन । १० जनाको घर परिवारलाई के खाऊँ रु के लगाऊँ रु भन्ने पिरलो छ,’ उनले भनिन्, ‘अर्कोतिर भूकम्पले घर चर्किएपछि अस्थायी टहरासमेत बनाउन सकिएको छैन । त्रिपालमै चिसो रात काट्न बाध्य भएका छौँ । स्वास्थ्य अवस्थासमेत कमजोर बन्दै गएको छ ।’

लक्ष्मी सिंहका तीन छोरा र तीन छोरीसहित घरमा बुढा सासू(ससुरा छन् । श्रीमान् प्रेम सिंह जेल परेपछि खानाको जोहोका लागि काम गर्नुपर्ने बाध्ययताले जेठो छोराले समेत पढाइ छाडिसक्नु भएको छ । अन्य छोरा(छोरीलाई पनि पढाइ छाड्नुपर्ने बाध्यता आइपरेको छ ।

उनीजस्तै पीडित सबै परिवारको अवस्था उस्तै छ । कमाएर परिवार पाल्ने श्रीमान् जेल परेपछि परिवारमा मानसिक विचलन आएको सुशीला सिंहले बताइन । श्रीमान् जेल पर्दा काम गरेर १२ जनाको परिवार पाल्नुपर्ने पीडाले थिचेको उनको भनाइ छ । यसैमाथि भूकम्पले दिएको थप पीडाले परिवार विक्षिप्त बनेको उनी बताउछिन् । सुशीलाका चार वर्षदेखि २२ वर्ष सम्मका दुई छोरा र आठ छोरी छन् । काम गर्ने जेठो छोरा र बुहारीसमेत छुट्टिएर अलग बस्न थालेपछि बाँकी परिवार पाल्न उनलाई हम्मेहम्मे परेको छ ।

‘लोग्ने मान्छे घरमा हुनेहरू त्रिपालबाट टहरामा सरेका छन् । तर, हामीलाई अस्थायी टहरा पनि बनाउन हम्मेहम्मे परेको छ । घर बनाउने कल्पना नै छैन,’ उनले भनिन , ‘पहिले घरमा भेडाबाख्राहरू धेरै थिए । कमाउने श्रीमान् जेल परेपछि सबै बेच्दै खाँदै गर्यौ अब एउटा भैँसी मात्र बेच्न बाँकी छ ।’

घरमा गरिबीले थिच्दै गएपछि सुशीलाका माइलो छोरासमेत कामका लागि पढाइ छोडेर भारत छिरिको छ । गाउँमा काम पनि नपाइने र पाइएको कामले पनि परिवारलाई खान लगाउन मुस्किल परेको उनी बताउँछिन । घरमा खान(लाउन मुस्किल परेपछि छोराछोरी पढाउन छोडेर काममा लगाउनुपर्ने अवस्था आएको उनले बताइन् ।

घरमा कमाउने बुवा कालिबहादुर सिंह जेल परेपछि आफूले पढाइ छोडेर परिवारको आहारा जोहो गर्न बाध्य भएको छोरा राजेन्द्र सिंहले बताए । ‘बुढी आमा, श्रीमती र सानो छोराको भोको पेट हेर्न सकिनँ । त्यसैले पढाइ छोडेर ज्यालादारी काममा लागेको छुँ,’ उनले भने, ‘त्यसैमा झन्, भूकम्पले पीडा थपेको छ । अस्थायी टहरा पनि बनाउन सकेका छैनौँ ।’

काम गर्ने युवाहरू जेलमा हुँदा गाउँका महिलालाई बच्चा पाल्न नै धौ(धौ परेको स्थानीय महेन्द्र सिंहले बताए । उनीहरूको भूकम्पले चर्किएका घरटहरा बनाउन सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

‘जेल परेका युवाहरूको गलत नियत थिएन । काम गरेर खाने सिधासाधा व्यक्तिहरू आर्थिक प्रलोभनमा फसेका हुन्,’ उनले भने, ‘एक अपरिचित व्यक्तिले गाउँमा अफिम संकलन गरेको रहेछ । त्यही अफिम नेपालगञ्ज पु¥याइदिएबापत प्रतिकिलोको आठ(१० हजार रकम दिने भनेपछि ओसारेका रहेछन् ।’

लागुऔषधसम्बन्धी कसुरको सजायअन्तर्गत २५ बोेटभन्दा बढी अफिम वा कोकाको खेती गर्नेसम्बन्धी कसुरका आधारमा अफिम वा कोकाको खेती गर्ने, वा कसुरको गम्भीरता, कसुरदारको दोषीपना कसुरबाट पुगेको क्षति तथा कसुरबाट भएको वा हुनसक्ने जोखिम समेतलाई आधार मानी कानुनअनुसार २० जना युवालाई तीन वर्षदेखि १० वर्षसम्मको कैद सजाय तोकिएको छ ।

जनप्रतिनिधिको निरीहता, सहयोग गर्न संघ संस्थालाई अपिल

वडा अध्यक्ष भविन्द्रबहादुर सिंहले जेलमा रहेका युवाहरूको परिवारलाई सहयोग गर्न अपिल गरेका छन् । चारैतिर भूकम्पले थला पारेको अवस्थामा वडाले हेर्न नसकेको भन्दै परिवारको अस्थायी टहरा निर्माण तथा खाद्यान्न सहयोगका लागि उनले सबै संघ संस्थालाई आग्रह गरे ।

नगरपालिकाका मेयर डम्बरबहादुर रावत अन्य भूकम्प पीडितभन्दा युवा जेलमा रहेका पीडित परिवारलाई धेरै सहयोग गर्नुपर्ने अवस्था रहे पनि पालिकाले सोचेअनुसार सहयोग गर्न नसकेको स्वीकार गरे ।

यस्तो अवस्थामा पीडितको घाउमा मलम लगाउन सहयोगी दाताहरूलाई उनले अपिल गरे । ‘अस्थायी टहरा निर्माणका लागि २५ हजार रकम वितरण गरेका थियौँ । तर, खान लगाउन नै धौ–धौ भएपछि उहाँहरूले टहरा निर्माण गर्न सक्नुभएको छैन,’ उनले भने, ‘पालिकाले भूकम्प प्रतिरोधी भवन निर्माण मापदण्ड बनाउँदै छ । तर, अस्थायी टहरा नै बनाउन नसक्ने अवस्थाका व्यक्तिले कसरी प्रतिरोधी घर बनाउँछन् रु चिन्ता र चासोको विषय हो । पालिकासँग स्रोत पनि छैन ।’

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भेरी नगरपालिकाले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्डको उपाधि

भेरी नगरपालिकाले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्डको उपाधि

खलंगा । जाजरकोटमा १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न भएको छ । यहि बैशाख ४ गतेदेखि बारेकोट गाउँपालिका ६ ...
फर्किदै जंगल, बदलिँदै जीवन : ‘माइ फरेष्ट चाइल्ड’ परियोजनाको प्रभाव

फर्किदै जंगल, बदलिँदै जीवन : ‘माइ फरेष्ट चाइल्ड’ परियोजनाको प्रभाव

जाजरकोट । जाजरकोटमा नाङ्गिदै गएका डाँडा पाखाहरूमा अहिले हरियाली फर्किन थालेको छ । बढ्दो वन विनास, अतिक्रमण र अवैज्ञानिक विकास निर्...
भेरी नगरपालिकाका सबै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरू

भेरी नगरपालिकाका सबै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरू

जाजरकोट। भेरी नगरपालिकाका १३ वटै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरु गरिएको छ । जिल्लाका ७ वटा स्थानीय मध्य सबै वडामा ...
कर्णालीमा मन्त्रालयको संख्या ६ मा झारियो

कर्णालीमा मन्त्रालयको संख्या ६ मा झारियो

सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ । सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुन ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search