Karnali Aawaj

Advertisement
Advertisement

कर्णालीका कर्मचारीले १० प्रकारका बिदा पाउने

Advertisement

सुर्खेत । कर्णाली प्रदेश सरकारले ल्याएको निजामती सेवा नियमावली कर्मचारीलाई १० प्रकारका बिदाको सुविधा दिइएको छ । जसमा भइपरी आउने बिदा, पर्व बिदा, घर बिदा, बिरामी बिदा, प्रसूति बिदा, प्रसूति स्याहार बिदा, विवाह बिदा, पर्यटन बिदा, असाधारण बिदा र बेतलवी बिदा छन् ।

कर्णालीका कर्मचारीलाई विवाह गर्न ७ दिन बिदाको व्यवस्था नियमावलीमा गरिएको छ । यस्तै पर्यटन बिदा पनि ७ दिन पाउने व्यवस्था गरिएको छ ।

हाजिरी र बिदाको व्यवस्थासहित नियमावलीको परिच्छेद–१४ मा भनिएको छ, ‘कुनै पनि कर्मचारीको विवाह हुने भए त्यस्तो कर्मचारीले सात दिन बिदा पाउने र विवाह बस्दाको पूरा तलब पाउने छ ।’ तर, विवाह बिदा लिने कर्मचारीले कार्यालयमा हाजिर भएको १५ दिनभित्र विवाह दर्ताको प्रमाणपत्र भने पेस गर्नुपर्ने छ । विवाह दर्ताको प्रमाणपत्र पेस नगर्ने कर्मचारीले त्यो बिदाको अवधि उसले पाउने अन्य बिदाबाट कट्टा गरिने नियमावलीमा उल्लेख छ ।

प्रदेशको कुनै पनि कर्मचारीले देशका विभिन्न भू–भागको भ्रमण गर्न ७ दिन बिदा पाउने भएको छ । तर, पर्यटन बिदा स्वीकृत गर्ने अधिकारीले पर्यटकीय स्थलको भौगोलिक अवस्थितिको आधारमा अवधि तोकी भ्रमण आदेश स्वीकृत गर्नुपर्ने छ । पर्यटन बिदा लिएको कर्मचारीले पनि १५ दिनभित्र भ्रमणको विस्तृत विवरण र भ्रमणका क्रममा लिइएको तस्बिर तथा भिडिओ समावेश गरेको प्रतिवेदन पेस गर्नुपर्ने छ ।

कर्मचारीलाई भ्रमण खर्चको पनि व्यवस्था गरिएको छ । अध्ययन बिदामा निजामती कर्मचारीले सेवा अवधिभर एकै पटक वा पटकपटक गरी तीन वर्षसम्म अध्ययन बिदा पाउने व्यवस्था छ । त्यसमा पनि आवश्यक ठानेमा दुई वर्ष थप गर्न सकिने उल्लेख छ । यस्तै किरिया बिदा १५ दिन, प्रसूति स्याहार बिदा १५ दिन पाउने उल्लेख छ । ‘कुनै पनि पुरुष निजामती कर्मचारीले पत्नी सुत्केरी भएमा सुत्केरीको अघि वा पछि गरी १५ दिन बिदा लिन पाउने नियमावलीमा उल्लेख छ । तर, बिदा लिएको कर्मचारीले तीस दिनभित्र बच्चाको जन्मदर्ता प्रमाणपत्र वा पत्नी प्रसूति भएको प्रमाण कार्यालयमा पेस गर्नुपर्ने छ ।

महिला कर्मचारीले भने प्रसूति बिदा ९८ दिन पाउनेछन् । यस्तै बिरामी बिदा १२ दिन पाउने छन् भने घर बिदा १२ दिन पाउने उल्लेख छ । नियमावलीको परिच्छेद–१२ मा आचरण सम्बन्धी व्यवस्था गरिएको छ । उक्त नियममा कर्मचारीले खटाइएको कार्यालय वा स्थानमा काम गर्नुपर्ने उल्लेख छ । कार्यालयको समयमा कार्यालय बाहेक अन्य व्यक्तिगत काम गर्न नपाइने नियमावलीमा उल्लेख छ । कार्यालय समयमा सामाजिक सञ्जालको समेत प्रयोग गर्न नपाइने व्यवस्था नियमावलीमा छ ।

साथै कर्मचारीले कार्यालयमा सबैप्रति शिष्ट व्यवहार गर्नुपर्ने र त्यसो नगरेमा बढुवा रोक्कादेखि तलबवृद्धि रोक्कासम्मका सजायको व्यवस्था नियमावलीमा छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भेरी नगरपालिकाले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्डको उपाधि

भेरी नगरपालिकाले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्डको उपाधि

खलंगा । जाजरकोटमा १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न भएको छ । यहि बैशाख ४ गतेदेखि बारेकोट गाउँपालिका ६ ...
फर्किदै जंगल, बदलिँदै जीवन : ‘माइ फरेष्ट चाइल्ड’ परियोजनाको प्रभाव

फर्किदै जंगल, बदलिँदै जीवन : ‘माइ फरेष्ट चाइल्ड’ परियोजनाको प्रभाव

जाजरकोट । जाजरकोटमा नाङ्गिदै गएका डाँडा पाखाहरूमा अहिले हरियाली फर्किन थालेको छ । बढ्दो वन विनास, अतिक्रमण र अवैज्ञानिक विकास निर्...
भेरी नगरपालिकाका सबै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरू

भेरी नगरपालिकाका सबै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरू

जाजरकोट। भेरी नगरपालिकाका १३ वटै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरु गरिएको छ । जिल्लाका ७ वटा स्थानीय मध्य सबै वडामा ...
कर्णालीमा मन्त्रालयको संख्या ६ मा झारियो

कर्णालीमा मन्त्रालयको संख्या ६ मा झारियो

सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ । सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुन ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search