Karnali Aawaj

Advertisement
Advertisement

जाजरकोटका उच्च क्षेत्रमा हिमपात : हिउँदेबालिलाई राहत, भूकम्प पीडितलाई सास्ती

Advertisement

जाजरकोट । जाजरकोटका उच्च भू-भागमा विहिबार बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लाका विभिन्न क्षेत्रमा यस वर्ष ढिलोगरी हिउँ परेको हो ।

सदरमुकाम खलंगा सहित जिल्लाभर पानी परिरहेको छ भने जिल्लाको बारेकोट, कुशे, जुनिचाँदेका उच्च भू-भागहरुमा करिब आधा फिट हिउँ जमेको छ । हिमपात भएपछि हिउँदे बाली लगायर आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएका छन । ढिलागरी भएपनि हिमपात भएपछि किसानहरूलाइ राहत भएको बारेकोट गाउँपालिमा-४ का स्थानीय बासिन्दा लोकेन्द्र सिंहले बताए ।

यो वर्षकै हिउँदेयामको पहिलो हिमपात हो । विभिन्न क्षेत्रमा अहिले हिमपात जारी छ । माघ महिना सकिन लाग्दा पनि हिउँ नपरेपछि खडेरी पर्ने हाेकी भन्ने किसानहरू चिन्तामा थिए । जौ र गहुँ बाली लगाएका किसानलाइ राहत भएकाे छ । हिमपातले निकै चिसो बढेको छ । निरन्तर हिमपातले भूकम्प पीडितहरूको जनिजवन भने कष्टकर बनेको छ ।

भूकम्पका कारण घर भत्किएर त्रिपाल र अस्थायी टहरामा बसीरहेका नागरिकलाइ हिमपात र वर्षादले निकै समस्या भएकाे बारेकोट ३ का प्रकाश बाेहराले बताए । हिमपातले पशुचौपाय लगाएत सुत्केरी महिला, बृद्ध तथा बालबच्चाहरुलाई निकै समस्या भएको बाेहराको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search