Karnali Aawaj

Advertisement
Advertisement

मार्क जुकरबर्गले १ घण्टामै कमाउँछन् १ अर्ब २७ करोड

Advertisement

काठमाडौं । फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएप लगायतका सोसल मिडिया प्लाटर्फमको मातृ कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गको सम्पत्ति गत वर्ष सन् २०२३ मा ८४ अर्ब डलर अर्थात् एक सय ११ खर्ब रुपैयाँले बढेको छ ।

फोर्ब्सको रियल टाइम अर्बपतिको सूचिमा जुकरबर्ग हाल विश्वका पाँचौं सर्वाधिक धनी व्यक्ति हुन् र उनको कूल सम्पत्ति १ खर्ब ३९ अर्ब १० करोड डलर छ । बिजनेस इनसाइडरका अनुसार गतवर्ष बढेको ८४ अर्ब डलर सम्पत्तिको यदि घण्टाका आधारमा हिसाब गर्ने हो भने सन् २०२३ मा जुकरबर्गले हरेक घण्टा ९६ लाख डलर अर्थात् १ अर्ब २७ करोड रुपैयाँभन्दा धेरै कमाएका छन् ।

जसअनुसार उनको आम्दानी दैनिक २३ करोड ६लाख डलर अर्थात् साडे ३० अर्ब रुपैयाँ छ । जबकि अमेरिकी परिवारहरुको औसत कुल सम्पत्ति नै १० लाख ६० हजार डलर रहेको छ ।

सन् २०२१ मा फेसबुकको ब्राण्ड परिवर्तन गरी मेटा बनाएका जुकरबर्गको उक्त कदमलाई मेटाभर्स तर्फको रणनीतिक कदम मानिएको थियो । यो परिवर्तन केवल नाममात्रको परिवर्तन नभई कम्पनीको प्राथमिकतामा भएको परिवर्तन हो जसमा मेटाले अग्मेन्टेड रियालिटी तथा भर्चुअल रियालिटीमा ध्यान केन्द्रित गरेको छ ।

अर्थात् उक्त रिब्रान्डिंगले फेसबुकलाई केवल एउटा सोसल मिडिया प्लाटर्फमको रुपमा मात्र सीमित नराखी यसलाई अन्तरआबद्ध डिजिटल संसारको सिर्जनातर्फ प्रवेश गरेको रुपमा बुझिएको छ । विभिन्न चुनौतीहरुका बाबजुत सन् २०२३ मा मेटा कम्पनीको शेयर मूल्यमा पुनः वृद्धि भई झण्डै कीर्तिमानी विन्दुमा पुग्यो ।

कम्पनीको शेयर मूल्यमा भएको वृद्धिकै कारण जुकरबर्गको कूल सम्पत्तिमा उल्लेख्य बढोत्तरी भएको हो ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search