Karnali Aawaj

Advertisement
Advertisement

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्कीगाउँमा हुने

Advertisement

जाजरकोट । जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नारायाणी मावि कार्कीगाउँमा हुने भएको छ । गत वर्षको शिल्ड विजेता छेडागाड नगरपालिकाको वडा नंं. १२ स्थित नारायणी माविको खेल मैदानमा यस वर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिता भोलि (२६ माघ) देखि सुरु हुने जिल्ला खेलकुद विकास समितिका अधयक्ष नरबहादुर बस्नेत (एनवि) ले जानकारी दिए । आज विहान पत्रकारहरु संगको भेटघाटमा अध्यक्ष बस्नेतले प्रतियोगिताका लागि सबै तयारी पुरा भएको बताए । ‘प्रतियोगिताको उद्घाटन भोलि विहान १० बजे नै हुन्छ, अधयक्ष बस्नेतले भने, त्यसका लागि सबै तयारी पुरा भएको छ ।’

जिल्लाका ७ वटै स्थानीय तहको सहाभगिता रहने प्रतियोगितामा भलिबल, कवड्डी, मार्सल आर्ट र एथलेटिक्स तर्फका खेलहरुमा पालिकाहरु बिच प्रतिस्पर्धा गराइने छ । जिल्ला स्तरीय प्रतियोगितामा पालिकाबाट छनौट कक्षा ८ देखि १२ सम्मका १८ वर्षमुनिका ३ सय ५० बढि विद्यार्थी खेलाडीहरुको सहभागिता रहने अध्यक्ष बस्नेतले जानकारी दिए । अध्यक्ष बस्नेतका अनुसार सहभागिहरुको खाना र आवासका लागि छेडागाड नगरपालिका र सम्बन्धित विद्यालयसंग समन्वय गरी आवश्यक व्यवस्थापन गरिएको छ ।

३ दिन सम्म संचालन हुने प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले गर्ने आयोजकले जनाएको छ । विभिन्न ५४ वटा विद्यामा उत्कृष्ट हुने खेलाडीहरु प्देश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिताका लागि छनौट हुनेछन ।

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गर्नका लागि करीब ११ लाख खर्च हुने अनुमान गरिएको जिल्ला खेलकुद विकास समिति जाजरकोटका कार्यालय प्रमुख जयप्रसाद आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search