Karnali Aawaj

Advertisement
Advertisement

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी पुनः छेडागाडलाई

Advertisement

जाजरकोट । जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी पुनः छेडागाड नगरपालिकाले जितेको छ । गत वर्षको शिल्ड विजेता छेडागाड नगरपालिकाले यसपटकको शिल्ड पनि उचालेको हो ।

छेडागाड नगरपालिका वडा नंं. १२ स्थित नारायणी माविको खेल मैदानमा सोमबार सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १० स्वर्ण, १० रजत र ११ कास्य गरि जम्मा ३१ पदक सहित छेडागाड नगरपालिका प्रथम भएको हो ।

प्रतियोगितामा ९ स्वर्ण, ५ रजत र २ कास्य सहित शिवालय गाउँपालिकाले दोस्रो स्थान हासिल गरेको छ भने ८ स्वर्ण २ रजत र ६ कास्य सहित भेरी नगरपालिकाले तृतीय स्थान हासिल गरेको छ । बारेकोट गाउँपालिकाले १ स्वर्ण, ६ रजत र २ कास्य जितेको छ भने नलगाड नगरपालिकाले १ स्वर्ण, ५ रजत र ६ कास्य जितेको छ । त्यसैगरी कुशे गाउँपालिकाले १ स्वर्ण, २ रजत र ४ कास्य जितेको छ ।

जिल्लाका ७ वटा पालिकामध्य ६ वटा पालिकाले प्रतियोगितामा सहभागिता जनाएका थिए । बजेट अभाव रहेको भन्दै जुनिचादे गाउँपालिकाले भने प्रतियोगितामा सहभागी जनाएन । प्रतियोगितामा भलिबल, कवड्डी, मार्सल आर्ट र एथलेटिक्स तर्फका खेलहरुमा अन्तरपालिका बिच प्रतिस्पर्धा गराइएको थियो ।

जिल्ला स्तरीय प्रतियोगितामा पालिकाबाट छनौट कक्षा ८ देखि १२ सम्मका १८ वर्षमुनिका ३ सय ५० बढि विद्यार्थी खेलाडीहरुको सहभागिता भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरबहादुर बस्नेत (एनबी) ले जानकारी दिए । अध्यक्ष बस्नेतका अनुसार जिल्ला स्तरमा उत्कृष्ट खेल प्रतिभा प्रस्तुत गर्ने खेलाडीहरुलाई विद्या अनुसार प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुनेछन ।

गत माघ २६ गतेदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले गरेका थिए । विभिन्न ५४ वटा विद्यामा उत्कृष्ट हुने खेलाडीहरुलाई मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search