Karnali Aawaj

Advertisement
Advertisement

एमाले दैलेखको अध्यक्षमा शाही

Advertisement

दैलेख । नेकपा एमाले दैलेख जिल्ला कमिटीको अध्यक्षमा सूर्यबहादुर शाही निर्वाचित भएका छन । एमालेको आठौँ जिल्ला अधिवेशनले शाहीको नेतृत्वमा ९१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा प्रेमबहादुर बुढा, सचिवमा हिमालय जङ्ग शाह तथा उपसचिवमा मीन बहादुर बुढा क्षेत्री र तारा सोनीलाई निर्वाचित गरेको पार्टी प्रदेश कमिटी उपसचिव रबिन्द्रराज शर्माले जानकारी दिए ।

जिल्ला अध्यक्षका लागि चारजना आकांक्षी रहेको भएपनि अन्तत शाही अध्यक्षमा सर्वसम्मत भए । अध्यक्षका आकांक्षी तिलकप्रसाद रिजाल, नन्दकिशोर बस्नेत र प्रेमबहादुर बुढाले उम्मेदवारी फिर्ता लिएपछि शाही सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन ।

अध्यक्षमा निर्वाचित शाही अघिल्लोपटक रवीन्द्रराज शर्मासँग पराजित भएका थिए । जिल्ला विकास समितिका पूर्व उपसभापति शाही जिल्लाको राजनीतिमा इमानदार, त्यागी र बौद्धिक व्यक्तिको चिनिएका नेता हुन ।

नेताहरुको लामो प्रयासपछि सहमति जुटेको प्रदेश कमिटी उपसचिव शर्माले जानकारी दिए । ‘जिल्लाका नेता तथा कार्यकर्ताको चाहाना सहमति नै थियो, त्यही आग्रह अनुसारनै सर्वसम्मत नयाँ नेतृत्व चयन गरेका छौं ।’ उनले भने ।

पदाधिकारी संगै ९१ सदस्यीय जिल्ला कमिटी नै सर्वसम्मत रुपमा निर्वाचित भएको एमाले दैलेखले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search