Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

सेनाले सुर्खेतमा दौड प्रतियोगिता गर्ने

Advertisement

सुर्खेत । नेपाली सेनाले वीरेन्द्रनगरमा एकताको लागि दौडको नाम दिएर दौड प्रतियोगिताको आयोजना गर्ने भएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी सेनाले दौड प्रतियोगिता गर्न लागेको जनाएको छ ।

राष्ट्रिय एकताको भावना अभिवृद्धि तथा सेनाद्वारा विगतमा आयोजना गरिएको ‘रन फर युनिटी’ कार्यक्रमलाई निरन्तरता दिदै सेनाले लामो दुरिको दौड प्रतियोगिता आयोजना गरेको छ । १२ फागुनमा शनिबारका दिन वीरेन्द्रनगरमा आयोजित दौड प्रतियोगितामा खासगरी पाँच किलोमिटर र १० किलोमिटरका दौड प्रतियोगिताहरु हुने बताइएको छ ।

पाँच किलोमिटर दूरिको वाकाथन’ दौड प्रतियोगितामामा सरकारी कर्मचारी, प्रदेश सरकार तथा स्नानीय तहका पदाधिकारी, नेपाली सेनाका सकलदर्जा, संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, स्थानीय नागरिक लगायतको सहभागिता आह्वान गरिएको छ । यसैगरी १२ कक्षासम्म अध्ययनरत विद्यार्थीका लागि महिला र पुरुष गरी छुट्टाछुट्टै पाँच किलोमिटर दूरिको दौड प्रतियोगता रहेको छ ।

१० किलोमिटरको दौडतर्फ पुरुष र महिलाका लागि छुट्टाछुट्टै प्रतियोगिता आयोजना हुने सेनाले जनाएको छ । प्रतियोगितामा एक हजारजनाको सहभागिता रहने अपेक्षा गरिएको सेनाको भनाई छ । वीरेन्द्रनगर स्थित खुल्ला मञ्चमा आयोजना हुने दौड प्रतियोगितामा सेनाका गतिविधिहरु प्रर्दशन, साँस्कृतिक कार्यक्रम, शैक्षिक सामाग्री तथा फोटो प्रर्दशनीलगायतका कार्यक्रमहरु रहेको उत्तर पश्चिम पृतना हेडक्वाटरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search