Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

बुलबुले तालमा डुंगा चलाउने तयारी

Advertisement

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत स्थित बुलबुले तालमा डुंगा चलाउने तयारी गरिएको छ । सुर्खेत उपत्यका नगर विकास समितिले ठेक्कामा बुलबुले तालमा डुंगा चलाउने सूचना आह्वान गरेपछि छनोट भएको कम्पनीले डुंगा सुर्खेत ल्याउने तयारी गरेको हो ।

सुर्खेतकाे बुलबुले तालमा चलाउन तयार गरिएका डुंगा

समितिले सूचना जारी गरेपछि पाँच कम्पनीले डुंगा चलाउनका लागि टेण्डर हालेका थिए । तर नेपाल अल्टीमेट वटार एडभेन्चर प्रा।लि। प्रा.लि. चितवनले सबैभन्दा बढी एक लाख ३५ हजार मासिक भाडा बुझाउने कबोल गरेपछि छनोट भएको हो । समितिले डुंगा चलाउने कम्पनीसँग सम्झौता गर्ने अन्तिम तयारी गरेको छ । यद्यपी नेपाल अल्टीमेट वटार एडभेन्चर प्रा.लि. छनोट भएपछि १३ सिट क्षमताको स्ट्रिम बोट तयार गरेर सुर्खेत पठाउन लागेको छ ।

‘शुरुमा १३ र २० सिट क्षमताका स्ट्रिम बोटहरु चलाउन १३ सिटको बोट तयार भइसकेको छ,’ प्रा.लि.का सञ्चालक लेखनाथ पौडेलले भने, ‘१३ सिटको पठाउने तयारीमा छु । २० सिटको बोट तयार हुँदैछ अबको पाँच दिनमा निर्माण सकेर पठाउँछु ।

प्रा.लि.आफैले बोट निर्माण गर्ने भएकाले नारायणी नदीमा परीक्षण गरेर सुर्खेत पठाउन लागेको हो । ‘विमा गर्नेदेखि सबै यान्त्रिक परीक्षण भइरहेको छ,’ पौडेलले भने, ‘शुरुमा दुई बोटबाट सेवा शुरु गर्ने र बाँकी विस्तारै अन्य बोटहरु पठाउने तयारीमा छु ।’

बुलबुलेमा तीन वटा स्ट्रिम बोट, चार वटा जगपरी रिक्सा र अन्य पाइटल बोट चल्नेछन् । ताल विस्तार गरेपनि बुलबुले तालमा डुंगा नचलाएको भन्दै समितिको आलोचना हुँदै आएको छ । आफै डुंगा चलाउँदा लागत बढी पर्ने र ठेक्कामार्फत चलाउँदा प्रभावकारी हुने भएकाले समितिले ठेक्का आह्वान गरेको हो । १२ हजार बर्गमिटर क्षेत्रफलमा रहेको ताल विस्तार गरेर हाल २८ हजार पाँचसय वर्गमिटर बनाइएको छ ।

हाल तालको माथि घास उम्रिएकाले कतिपयले पानी नै नभएको ताल भनेर आलोचना गरिरहेका छन् । तर समितिले तयार पारेको गुरूयोजनाअनुसार प्रदेश सरकार र समितिको संयुक्त लगानीमा ताल क्षेत्रको पानी चुहावट बन्द गरिएको छ । अनाधिकृत रूपमा बुलबुले क्षेत्रमा प्रवेश गर्नेहरू बढेपछि दक्षिण क्षेत्रको विच भागबाट बग्ने इत्राम खोलाको दुवै किनारामा बार लगाइएको छ । विसं २०२९ देखि सरकारी तवरबाट बुलबुलेको संरक्षण हुन थालेको हो। बुलबुले क्षेत्रको विकास तथा विस्तारमा प्रदेश सरकारका साथै सङ्घीय सरकार र वीरेन्द्रनगर नगरपालिकाको पनि साझेदारी रहेको छ ।

बुलबुलेको मुख्य आकर्षण जमिनमुनिबाट बुलबुल भएर आउने पानीको संकलन गरी बनाइएका कलात्मक धारा र पार्क हुन । तालको पूर्वतर्फ महिला तथा दक्षिणतर्फ पुरूषका लागि पाँच–पाँच वटा धारा छन ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search