Karnali Aawaj

Advertisement
Advertisement

बचतकर्ताको करोडौं रकम हिनामिना गर्ने बैंकका कर्मचारीविरुद्ध प्रहरीमा मुद्दा

Advertisement

रुकुम पश्चिम । आठविसकोट नगरपालिका–९ राडीमा रहेको प्रभु बैंकमा बचतकर्ताको रकम खातामा जम्मा नगरी हिनामिना गरेको भन्दै उक्त बैंकका एक कर्मचारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमामुद्दा दर्ता भएको छ । बैंकका अप्रेशन ईन्चार्ज निरज विक्रम शाह विरुद्ध कुल १ करोड ३१ लाख २५ हजार रुपैयाँ अपचलनको आरोप सहित मुद्दा दर्ता गरिएको हो ।

प्रभु बैंकको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख शरदराज तिमिल्सिनाको नेतृत्वमा आएको टोलीले शाहविरुद्ध बैंकिङ कसुरमा बुधबार मुद्दा दर्ता गराएको रुकुम पश्चिम प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले जानकारी दिए । पदको दुरुपयोग गरेर शाहले बैंकबाटै बचतकर्ताको रकम हिनामिना गरेको भनेर सेवाग्रहीले गुनासो गरेपछि बैंकले छानविन सुरु गरेको र गलत विवरण र खातावालको अनुमति बिनै बैंकबाट रकम निकालेर हिनामिना गरेको पाइएको भट्टराईको भनाइ छ ।

‘प्रभु बैंकको प्रादेशिक कार्यालयबाट आएको टोलीले गरेको प्रारम्भिक अनुसन्धानका आधारमा हालसम्म १ करोड ३१ लाख २५ हजार रुपैयाँ अपचलन गरेको जाहेरीमा उल्लेख गरिएको छ,’ उनले भने ।  यो घटनाबारे विस्तृत छानविन जारी रहेको भन्दै रुकुम पश्चिम प्रहरीले हाल आरोपी शाह फरार रहेको बताएको छ । गत माघ २० गतेबाट शाह विदामा बसेको र अहिले उनी सम्पर्कमा नरहेको बताइएको छ ।

प्रभु बैंक राडी शाखामा यसअघि कार्यरत ९ जना कर्मचारीलाई जिम्मेवारी बिहिन बनाएर नयाँ कर्मचारीको टोलीद्वारा शाखाको काम सुचारु भइरहेको पनि डिएसपी भट्टराईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search