Karnali Aawaj

Advertisement
Advertisement

आफ्नो बच्चा खेर गएपछि अर्कैको शिशु लिएर घर फर्किएकी थिइन् मनकुमारी

Advertisement

काठमाडौं । काठमाडौँको काँडाघारीबाट शुक्रबार राति शिशुसहित पक्राउ परेकी २४ वर्षीया मनकुमारी सिंह अहिले प्रहरीको हिरासतमा छिन ।

थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालदेखि काँडाघारीसम्मका सीसीटीभी क्यामेराको निगरानीपछि प्रहरीले ती महिलालाई पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गर्दा ती महिलाको उच्च रक्तस्राव भइरहेको थियो । प्रहरी स्रोतका अनुसार, उनको शुक्रबार नै गर्भ खेर गएको थियो ।

गर्भ खेर गएपछि अस्पताल परिसमै भेटिएकी अर्की महिलाको शिशु बोकेर भागेको खुलेको प्रहरी स्रोतले जानकारी दिएको छ । मध्यराति प्रहरीले पक्राउ गर्नासाथ सुरुमा मनकुमारीले उक्त बच्चा आफ्नै रहेको दाबी गरेकी थिइन । तर, प्रहरीले उक्त बच्चा थापाथली अस्पतालबाटै झुक्याएर लगिएको सीसीटीभी क्यामेरामा देखिएको तस्बिरको सहायतामा थाहा पाइसकेको थियो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट सीसीटीभी निगरानी गर्दै मध्यरातमा मनकुमारीको डेरासम्म प्रहरी पुगेको हो ।

थापाथलीस्थित प्रसूति गृहबाट कपन बस्ने काभ्रेकी सबिना श्रेष्ठको बच्चा हराएपछि अनुसन्धान गर्दै प्रहरी त्यहाँ पुगेको थियो । प्रहरीले शिशु फेला पर्नासाथ राति नै उनकी आमालाई जिम्मा लगायो । जन्मिएको केही दिनदेखि नै जन्डिस भएकोले शिशुको स्वास्थ्य झनै कमजोर भएको थियो ।

प्रहरीले दिएको जानकारी अनुसार, ती शिशुलाई राति नै काठमाडौँ मेडिकल कलेज सिनामंगलमा भर्ना गरियो । पक्राउ परेकी ती महिलाको पनि अत्यधिक रक्तस्राव भएपछि उनलाई पनि प्रहरीले अस्पताल लगेको थियो । तर, अहिले उनलाई अस्पतालबाट डिस्चार्ज गरेर हिरासतमा राखिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।

ती महिलाले सुरुमा प्रहरीलाई नै ढाँट्न खोजिन । तर, उनले बोली फेरिरहेपछि प्रहरीको शंका झन् बलियो भएको हो ।

अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार पक्राउ परेकी ती महिलाले आफ्नो बच्चा खेर गएपछि ‘धेरै माया लागेर’ अर्काको बच्चा लगेको स्वीकार गरेकी छिन । मनकुमारीसहित प्रहरीले उनका श्रीमान नरेन्द्र मल्ल र उनकी दिदी शारदा शाहीलाई पनि नियन्त्रणमा लिएको छ ।

उनका पति मल्ल नेपाली सेनामा कार्यरत छन । दैलेखको नौमुले गाउँपालिका–१, अवततोली घर भएका उनीहरू अहिले काँडाघारीमा डेरा गरी बस्छन । उनीहरूको बिहे भएको ३ वर्ष भयो । स्थानीयले बताए अनुसार, ती महिलाको माइतीघर पनि दैलेख नै हो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search