Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

सुर्खेतमा सेनाले गर्‍यो ‘एकताका लागि दौड’ प्रतियोगिता

Advertisement

सुर्खेत । नेपाली सेनाले सुर्खेतमा ‘एकताका लागि दौड’ ञरन फर युनिटीझ प्रतियोगिता आयोजना गरेको छ । शनिबार भएको कार्यक्रममा विभिन्न प्रतियोगिता भएका थिए ।

‘रन फर युनिटी- २०८०’ प्रतियोगिताको हाफ म्याराथन २१ किलोमिटरमा तातोपानी गाउँपालिका – ७ जुम्लाका दलबहादुर कुँवर प्रथम भएका छन ।

नेपाली सेना उत्तरपश्चिम पृतनाले वीरेन्द्रनगर सुर्खेतमा आयोजना गरेको दौड प्रतियोगितामा कुँवरले एक घण्टा आठ मिनेटमा २१ किलोमिटर दूरी पार गरी प्रथम भएका हुन् भने एक घण्टा २३ मिनेटमा उक्त दूरी पार गरी रास्कोट नगरपालिका–३ कालीकोटका सन्तोष योगी द्वितीय भएका हुन् ।

यस्तै, एक घण्टा ३२ मिनेटमा २१ किलोमिटर दूरी पार गरी नेपाली सेनाका आशीष गुरुङले तृतीय भएका छन् ।

दौड प्रतियोगिताका विजयीलाई कर्णाली प्रदेश प्रमुख तिलक परियारले दौड प्रथम भएका कुँवरलाई रु ३५ हजार, योगीलाई रु २५ हजार र गुरुङलाई  १५ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन् ।

त्यसैगरी, पुरुषतर्फ धिरबहादुर बुढा प्रथम, सञ्जीव नेपाली द्वितीय र अक्कल बडुवाल तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय हुने बुढा, नेपाली र बडुवाललाई २०, १० र पाँच हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

यस्तै, दश किलोमिटर दौडमा महिलातर्फ सुर्खेतका आशा रावत प्रथम भएकी छन् भने जुम्लाका समिता बुढा द्वितीय र तृतीय स्थान हासिल गरेका छन् ।

प्रथम, द्वितीय र तृतीय हुने रावत, बुढा र रावललाई क्रमशः २०, १० र पाँच हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

पाँच किलोमिटर दौड प्रतियोगितामा छात्रतर्फ अजय विक प्रथम, दीपेन्द्र बोहोरा द्वितीय र सुजन विक तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय हुने क्रमशः अजय, दीपेन्द्र र सुजनलाई रु १०, ५ र ३ हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

पाँच किलोमिटर छात्रातर्फ जुम्लाका कल्पना बुढा प्रथम, द्वितीय र तृतीय स्थान सुर्खेतका बिमला कार्की र उर्मिला खनालले प्राप्त गरेका छन् ।

दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने बुढा, कार्की र खनाललाई रु १०, ५ र ३ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

कर्णाली राजधानी वीरेन्द्रनगर सुर्खेतको खुल्ला मञ्चमा सेनाले कला केन्द्र, संकेत उपकरण, इन्जिनियरहरु उपकरण, आर्टिलरी उपकरण, प्रकोप उपकरण, हतियार, प्रकृति संरक्षण सम्बन्धी विषयहरु, नेपाली सेनामा भर्ना प्रक्रिया सम्बन्धी र अन्य सम्बन्धित विविध विषयहरुको प्रदर्शनी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search