जाजरकोट । सुर्खेतको जामुने बजारमा ट्रयाक्टर र मोटरसाइकल ठोकिँदा १ जनाको मृत्यु भएको छ । अर्काे १ जना गम्भिर घाइते भएका छन ।
सिम्ता गाउँपालिका ६ जामुने बजारमा आइतबार बेलुका ट्रयाक्टर र मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार सुर्खेत वीरेन्द्रनगर नगरपालिका ३ का २९ वर्षिय विजय रानाको घटना स्थलमै मृत्यु भएको हो । सुर्खेतदेखि जाजरकोट तर्फ आउँदै गरेको बा ९५ प ५२९६ नम्बरको बुलेट मोटरसाइकल र विपरित दिशातर्फ जाँदै गरेको भे १ त ४५ नम्बरको ट्रयाक्टर बजार नजिकै एकआपसमा ठोकिएको स्थानीयको भनाइ रहेको छ ।
मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका ३ का २३ वर्षिय रुपेश गिरी गम्भिर घाइते भएका छन । उनको अवस्था चिन्ताजनक रहेको इलाका प्रहरी कार्यलय बादेपिपल राकमले जनाएको छ । प्रहरीका अनुसार गम्भिर घाइते गिरीलाई उपचारका लागि सुर्खेत लगिएको छ ।
ट्रयाक्टर र ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।




