Karnali Aawaj

Advertisement
Advertisement

शिवालय गाउँपालिकाको एम्बुलेन्स ४ महिनादेखि प्रयाेग विहीन

Advertisement

जाजरकोट । विरामी बोक्नका लागि खरिद गरिएको शिवालय गाउँपालिकाको एम्बुलेन्स चार महिना देखि थन्किएको छ । इलाका प्रहरी कार्यालय सिमाको गेटभित्र विरामी अवस्थामा एम्बुलेन्स थन्किएको हो । गाउँपालिकाले मर्मतका लागि चासो नदिदा एम्बुलेन्स थन्किएपछि विरामीलाई उपचार गर्न समस्या भएको छ ।

गाउँमा विरामी हुँदा गाडी नै नपाइने र पाइएपनि निजी जीपमा महंगो भाडा तिरेर अस्पताल लैजानु पर्दा साह्रै दुःख खेप्नु परेको गाउँपालिका बासीको गुनासो छ । एम्बुलेन्स विग्रेको चार महिना सम्म मर्मत नगर्नु जनप्रतिनिधी र कर्मचारीले लाप्रवाही गरेको स्थानीय पूर्णसमिर महताराले बताए । एम्बुलेन्स अहिले मर्मत नगर्दा बिरामी स्टेचरमा वोक्न स्थानीय वाध्य भएका छन् ।

यता, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बस्नेतले थन्किएको एम्बुलेन्स मर्मतका लागि धेरै खर्च लाग्ने भएपछि मर्मत गर्न नसकिएको बताए । ‘एम्बुलेन्स मर्मतका लागि धेरै खर्च लाग्ने भएपछि मर्मत गर्न सकिएको छैन्, उनले भने, ‘अव छिट्टै नयाँ एम्बुलेन्स खरिदको तयारीमा छौं ।’ कर्णाली प्रदेश सरकारको १५ लाख र पालिकाको पाँच लाख गरी २० लाख बराबरको एम्बुलेन्स आउन लागेको प्रशासकीय अधिकृत बस्नेतले बताए ।

गाउँपालिका भित्रका नागरिकहरुलाई एम्बुलेन्सको सेवा बाट बञ्चित हुन नदिन गाउँपालिकाले निजी गाडीको पैसा तिरिदिने गरेको अधिकृत बस्नेतले बताए । ‘हामीले नागरिकको स्वास्थ्य उपचारको ख्याल गरी एम्बुलेन्स नआउनन्जेल सम्म निजी गाडी पठाएका छौं, उनले भने, ‘एम्बुलेन्स नयाँ आउँदैछ, पहिलाको एम्बुलेन्स मर्मतका लागि धेरै पैसा लाग्ने र मर्मत गरेपछि पनि छिट्टै विग्रने भएपछि नयाँ खरिद गर्न लागेका छौैं ।’

स्थानीय तहमा एम्बुलेन्स सेवा प्रभावकारी हुन सकेका छैनन् । एम्बुलेन्स सेवा प्रभावकारी नहुँदा उपचारका लागि विरामीले महंगोमा सवारी रिजर्भ गर्न बाध्य छन् । स्थानीय सरकारले स्वास्थ्य संस्थामा औषधी, दक्ष स्वास्थ्यकर्मी तथा एम्बुलेन्स व्यवस्थापनमा भन्दा अन्य खरिद र निर्माणमा ध्यान दिँदा स्वास्थ्य जस्तो सम्वेदनशील विषय ओझेलमा परेको छ ।

प्रसूतिको भएका महिलाहरुमा निकै समस्या छ । निजी गाडी रिजर्भ गरेर जिल्ला बाहिर जानुपर्दछ । गाउँपालिकाको एम्बुलेन्स नभएपछि उनले अर्को सवारी रिजर्भ हुन्छ शिवालयको पाँच वर्ष पहिले खरिद गरेको एम्बुलेन्स बिग्रेर थन्किएपछि सेवाग्राही महंगोमा गाडी रिजर्भ गर्न बाध्य छन् ।

मर्मत गरेर सञ्चालन गर्न नसकिने भएकाले नागरिकले एम्बुलेन्स सेवा नपाएको निमित्त प्रमुख प्रशासकीय अधिकृत बस्नेतको भनाइ छ । मर्मत भन्दा पालिकाले नयाँ खरिद गर्न चासो दिँदा नागरिकले एम्बुलेन्स सेवा पाउन नसकेका हुन् । गाउँपालिकाको नीति तथा कार्यक्रममा स्वास्थ्य सेवा प्रवाह तथा प्रसूति सेवाका लागि बजेट तथा कार्यक्रम प्राथमिकतामा राख्ने उल्लेख भएपनि निर्वाचनपछि आएका जनप्रतिनिधीहरुले कार्यान्वयनमा चासो दिएका छैनन् ।

एम्बुलेन्स जस्तो सम्वेदनशील सवारी मर्मत नगरेर स्थानीय सरकारले नागरिकको उपचारमा खेलवाड गरेको स्थानीय बलबहादुर थापा बताउँछन् । पालिका भने मर्मतभन्दा नयाँ खरिदमा कमिसन आउने भएपछि ४ वर्ष चलाएको एम्बुलेन्स थन्क्याएर नयाँ खरिदको प्रक्रियामा लागेको छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search