Karnali Aawaj

Advertisement
Advertisement

कर्णाली प्रदेशको ७१ प्रतिशत खेतीयोग्य जमिनमा छैन सिंचाइ सुविधा

Advertisement

सुर्खेत । कर्णाली प्रदेशको खेतीयोग्य जमिनमध्ये २९ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ । अझै ७१ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा नपुगेको पाइएको छ ।

राष्ट्रिय कृषि गणना २०७८ अनुसार २९ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा पुग्दा ७१ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्न नसकेको हो । प्रदेशका ५७ प्रतिशत किसानको पहुँचमा सिँचाइ सुविधा पुगेको तथ्याङ्क कार्यालयले जनाएको छ ।

कर्णालीमा एक लाख २३ हजार ६ सय ६२ हेक्टर क्षेत्रफल जमिनमा खेती हुँदै आएको तथ्याङ्कमा जनाइएको छ जसमध्ये २९ हजार दुई सय ४१ हेक्टर क्षेत्रफलमा धान, ४० हजार ८३ हेक्टर क्षेत्रफलमा मकै, ५१ हजार २६ हेक्टर क्षेत्रफलमा गहुँ, तीन हजार तीन सय १२ हेक्टर क्षेत्रफल जग्गामा तरकारी खेती हुँदै आएको तथ्याङ्कमा उल्लेख छ । प्रदेशमा सबै खेतीयोग्य जमिनमा सिँचाइ सुविधा नपुग्दा भनेअनुसारको उत्पादन हुनसकेको छैन ।

जसले गर्दा परनिर्भरता बढ्दै गएको कृषि विज्ञहरू बताउँछन् । राष्ट्रिय कृषि गणनाअनुसार कर्णाली प्रदेशका ८४ प्रतिशत नागरिकको मुख्य आम्दानीको स्रोत कृषि हो । यता, प्रदेश सरकारले भने आंशिक र पूर्णकालीन गरी ६८ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको दाबी गरेको छ । प्रदेशको कृषि निर्देशनालयका अनुसार ४२ हजार हेक्टर क्षेत्रफलमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ ।

निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकाया भन्छन, “कर्णालीमा खेती हुँदै आएको क्षेत्रफलको ६८ प्रतिशतमा पूर्ण आंशिकरुपमा सिँचाइ पुगेको छ, सिँचाइ सुविधा नपुगेका क्षेत्रमा पनि सिँचाइ पोखरी निर्माण गर्ने, लिफ्टिङ गरेर स्रोत नभएका ठाउँमा सिँचाइ सुविधा पुर्‍याउने गरी कार्यक्रम भइरहेका छन्,” उनले अघि भने, अबको केही वर्षभित्र सबै खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search