Karnali Aawaj

Advertisement
Advertisement

अनेरास्ववियु कर्णालीले रुकुमपश्चिममा हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने

Advertisement

सुर्खेत । अनेरास्ववियु कर्णाली प्रदेश कमिटीले वक्तृत्वकला र हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्ने भएको छ । रुकुमका पार्टी संस्थापक नेता यदु गौतमको स्मृति दिवसका अवसरमा अनेरास्ववियु कर्णाली प्रदेश कमिटीले प्रदेश स्तरिय वक्तृत्वकला तथा मावि स्तरिय हाजिरी जवाफ प्रतियोगिता संचालन गर्ने भएको हो ।

२५ औं यदु स्मृति दिवसको अवसरमा भोलि (२१ फाल्गुन) चौरजहारी नगरपालिकाको खोलागाउँमा हाजिरी जवाफ र वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्न लागिएको अनेरास्ववियु कर्णाली प्रदेश कमिटी अध्यक्ष राजेश ओलीले जानकारी दिए । अध्यक्ष ओलीका अनुसार शिक्षित जनशक्ति विदेश पलायनबाट रोक्न राज्यले चाल्नुपर्ने कदमहरु शिर्षकमा प्रदेश स्तरिय वक्तृत्वकला प्रतियोगिता राखिएको छ ।

त्यस्तै उउटा समुहमा ३ जना सहभागि हुनेगरी मावि प्रदेश भित्रका मावि स्तरिय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्न लागिएको अनेरास्ववियुले जनाएको छ । वक्तृत्वकला प्रतियोगितामा विजेता र उपविजेता हुनेलाई क्रमशः १० हजार र ५ हजार तथा हाजिरी जवाफ प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगद सहित पुरस्कृत गरिने छ ।

आफुहरुले माओवादीको आधार इलाका मानिएको जिल्लामा श्रृजनात्मक कार्यक्रमको आयोजना गरेर संस्थापक नेता प्रतिको सम्मान र संगठन विस्तारको अभियानलाई संस्थागत गर्न खोजेको अध्यक्ष ओलीको भनाई छ ।

उक्त कार्यक्रममा लागि सबै तयारी पुरा भएको अनेरास्ववियु कर्णाली प्रदेश कमिटी उपाध्यक्ष विवश भारतीले बताए । कार्यक्रमका लागि सबै तयारी पुरा भएको छ उपाध्यक्ष भारतीले भने, अतिथि र सहभागिहरु आउने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search