Karnali Aawaj

Advertisement
Advertisement

अन्तर्राष्ट्रिय महिला दिवस : भेरी नगरपालिकामा विचार गोष्ठी सम्पन्न

Advertisement

जाजरकोट । भेरी नगरपालिकामा लैङ्गकि हिंसा र महिला सशक्तीकरणका विषयमा विचार गोष्ठी सम्पन्न भएको छ । विभिन्न संघ संस्थाहरुको साझेदारीमा भेरी नगरपालिकाले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा उक्त विचार गोष्ठी सम्पन्न गरेको हो ।

नगरपालिकाको सभाहलमा सम्पन्न विचार गोष्ठीमा लैङ्गिक हिंसा र महिला सशक्तीकरणका विषयमा कार्यपत्र समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा महिलाहरुको वर्तमान अवस्था र लैङ्गिक विभेद अन्त्यका लागि सरोकारवालाहरुको भूमिकाका विषयमा छलफल गरिएको थियो ।

दिवस मुलसमारोह समितिका संयोजक, भेरी नगरपालिकाका उपप्रमुख सीता जैसीको अध्यक्षतामा सम्पन्न गोष्ठीमा जिल्ला समन्वय समितिका उपप्रमुख दलबहादुर सिंह, प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, सुरक्षा निकाय, विभिन्न संघ संस्थाहरुका प्रतिनिधि, पत्रकार एवम् महिला संघसंगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको समापन गर्दै उपप्रमुख जैसीले महिला भएकै कारण कम्जोर महसुस गर्न नहुने बताइन । हामी महिलाहरु महिला भएर जन्मिएकै कारण कम्जोर महसुस गर्ने गरेका छौं, त्यो हाम्रो कमजोरी हो, उपप्रमुख जैसीले भनिन ‘आफुलाई बलियो महसुस गर्ने पुरुषको जन्मदिने हामी महिला कम्जोर छैनौं, त्यसो सोच्नु हुन्न । ‘

 

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search