Karnali Aawaj

Advertisement
Advertisement

एमाले जाजरकोटले तोक्यो जिल्ला अधिवेशन, अध्यक्ष ओलीले उद्घाटन गर्ने

Advertisement

जाजरकोट । नेकपा एमाले जाजरकोटले जिल्ला कमिटीको अधिवेशनको मिति तोकेको छ । जिल्ला सदरमुकाममा सम्पन्न जिल्ला कमिटीको १२ औं पूर्ण बैठकले चैत्र २५, २६ र २७ गते खलंगामा जिल्ला कमिटीको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो ।

पार्टीका पोलिटब्यूरो सदस्य एवं जिल्ला ईन्चार्ज लक्ष्मीप्रसाद पोखरेल, पोलिटब्यूरो सदस्य भैरवसुन्दर श्रेष्ठ, केन्द्रीय सदस्यहरु निरज आचार्य, डम्बर बहादुर सिंह लगायतका नेताहरुको उपस्थितिमा बसेको बैठकले पार्टीको ७ औं जिल्ला अधिवेशनको मिति तय गरेको प्रचार विभाग प्रमुख समेत रहेका उपसचिव नरबहादुर बस्नेत (एनबि) ले बताए ।

बस्नेतका अनुसार अधिवेशनमा भुगोल, समावेशी र जनसंगठनबाट प्रतिनिधित्व हुने गरी करिव ४ सय प्रतिनिधि सहभागी हुनेछन ।

अधिवेशनको उद्घाटन पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको छ । अधिवेशन उद्घाटनका लागि पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीलाई आमन्त्रण गर्ने निर्णय भएको जिल्ला पार्टी अध्यक्ष खिमबहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search