Karnali Aawaj

Advertisement
Advertisement

एमालेले चैतभित्र कर्णालीका १० वटै जिल्ला अधिवेशन सक्ने

Advertisement

सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेश अन्तरगतका जिल्लाहरुको अधिवेशन चैत महिनाभित्रै सम्पन्न गर्ने भएको छ । गत असोजमा प्रदेशको अधिवेशन सम्पन्न गरेको एमालेले चैत महिनाभित्र १० वटै जिल्लाका अधिवेशनहरु सम्पन्न गर्ने भएको हो ।

मुगु र दैलेख जिल्लाले अधिवेशन सम्पन्न गरिसकेको र जुम्लाले चैत ६ गतेको बैठकबाट अधिवेशनको मिति तय गर्ने केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए । केन्द्रीय सदस्य आचार्यका अनुसार एमाले सुर्खेतले यहि चैत्र ८,९ र १० जिल्ला अधिवेशन गर्ने भएको छ ।

त्यसैगरी रुकुमपश्चिमले चैत्र १६ र १७ जिल्ला अधिवेशन गर्ने छ भने सल्यानले चैत १८, १९ र २० तथा कालिकोटले चैत्र २१, २२ र २३ अधिवेशनको मिति तय गरेको छ । डोल्पाले चैत्र २३ र २४ जिल्ला अधिवेशन गर्ने भएको छ भने जाजरकोटले चैत्र २५,२६ र २७ मा अधिवेशन गर्ने भएको छ । त्यसैगरी हुम्लाले चैत्र २८ र २९ मा अधिवेशन गर्नेगरी मिति तय गरेको छ ।

जिल्ला अधिवेशन सम्पन्न गरेका जिल्लाहरुले पालिका अधिवेशनहरु गरिरहेको नेता आचार्यले बताए । पालिका अधिवेशनहरु पछि वडा अधिवेशन गर्ने तयारी रहेको नेता आचार्यको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search