Karnali Aawaj

Advertisement
Advertisement

मुगुमा जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृ*त्यु

Advertisement

सुर्खेत । मुगुमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा जीप चालक सोरु गाउँपालिका–७, कविराज नेपाली र एक जना महिला रहेकी छिन् । महिलाको पहिचान भने खुल्न नसकेको मुगु प्रहरीले जनाएको छ ।

यस्तै उक्त घटनामा चार जना घाइते भएका छन । घाइतेमध्ये एक जना गम्भीर अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रमुख डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार बुधबार दिउँसो साढे दुई बजे कर्णाली प्रदेश ०२–००१ ज ००५९ नम्बरको जीप सदरमुकाम गमगढीबाट सोरु गाउँपालिकाको तारापानी भन्ने ठाउँतर्फ जाँदै गरेको थियो । सोरु गाउँपालिका–८, कटिया भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनाको प्रकृतिबारे भने अहिलेसम्म बुझ्न नसकिएको उनले बताए ।

फोन सम्पर्क हुन समस्या भएकाले घटनाको थप विवरण आउन बाँकी रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search