Karnali Aawaj

Advertisement
Advertisement

हावाहुरीले अस्थायी आवास उडाइदिएपछि भूकम्प पीडितको बिचल्ली

Advertisement

जाजरकोट । हावाहुरीले अस्थायी आवास उडाइदिएपछि जाजरकोट भूकम्प पीडितहरु बिचल्लीमा परेका छन । शनिबार आएको ठुलो हावाहुरीले अस्थायी आवास उडाइदिएपछि भूकम्प पीडितहरु थप समस्थामा गरेका हुन ।

बारेकोट गाउँपालिका वडा नं. ०६ ताँसीका हरिश्चन्द्र विक गत कार्तिक १७ गतेको भूकम्पले घर चिराचिरा पारेपछि अस्थायी आवासमा बस्दै आएका थिए । विकको घरमा १७ जनाको परिवार छ । ठूलो संख्यामा रहेको परिवारलाई जसोतसो अस्थायी आवासमा सारेका थिए । तर शनिवार दिउँसोतिर चलेको हावाहुरीले उनको अस्थायी आवास उडाईदियो । ‘घर भूकम्पले चर्किएको थियो, बस्न लायक छैन्, उनले भने, ‘अहिले कहाँ बस्ने विचल्ली भएको छ, हावाहु्रीले अस्थायी आवासको छाना उडाईदियो, ठूलो संख्यामा रहेको परिवारलाई कता व्यवस्थापन गर्ने समस्या भएको छ ।’

उनी जस्तै सोही गाउँका बसन्त विकको अस्थायी आवास पनि हावाहुरीले उडाएको छ । उनको घरमा पाँच जनाको परिवार छ । ‘भूकम्पले घर चर्किएपछि बस्न मिल्ने छैन्, उनले भने, ‘अस्थायी आवासको साहारामा थिर्यौं, हावाहुरीले त्यही अस्थायी आवास उडाईदियो, हामी अहिले निकै समस्यामा छौं ।’ उनीहरु त केही उदाहरण मात्रै हुन् । शनिवार दिउँसो तिर चलेको हावाहुरीले जाजरकोटमा सयौंको संख्यामा अस्थायी आवास उडाएको छ । बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीका अनुसार गाउँपालिकामा हावाहुरीले लाखौँको क्षति गरेको छ ।

उनले भने, ‘अहिले कति क्षति भयो भन्न सक्ने अवस्था छैन्, धेरैको अस्थायी आवास उडाएको छ । तथ्यांक संकलनका लागि प्रहरी यूनिट सँग सम्पर्क गरेका छौं ।’ केही कर्मचारीहरु परिचालन गरी क्षतिको विवरण संकलन भईरहेको अध्यक्ष गिरीले बताए । वडा नं। ३,६,७ को वडा कार्यालयमा क्षति पुगेको छ । यस्तै, गाउँपालिका मातहतमा रहेको स्वास्थ्य शाखाको भवनमा क्षति पुगेको अध्यक्ष गिरीले जानकारी दिए । प्रहरी चौकी लिम्सामा पनि हावाहुरीले क्षति गरेको छ । ‘यहाँ निजी अस्थायी आवास, सरकारी भवन, स्वास्थ्य संस्था उनले थपे, विद्यालय भवनमा समेत क्षति पुगेको छ ।’ ठ्याक्कै क्षतिको विवरण एकीन नभएको उनको भनाई छ । बारेकोट गाउँपालिका वडा नं। ९ मा हावाहुरीले रुख ढल्दा एक जना किसानका नौं वटा गाई मरेको अध्यक्ष गिरीले बताए । दिउँसो २ बजेतिर आएको हावाहुरी करिब आधा घण्टा जस्तो रहेको थियो ।

कुशे गाउँपालिकाका भित्रका दुई वटा सामुदायिक विद्यालय र १०० भन्दा बढी अस्थायी आवासमा क्षति पुगेको गाउँपालिका उपाध्यक्ष देविका कुमारी सिंहले जानकारी दिईन् । ‘हाम्रो गाउँपालिकामा पनि हावाहुरीले कति क्षति गरेको छ भन्ने जानकारी आएको छैन् उनले भनिन्, ‘अहिले सम्म धेरै अस्थायी आवासमा क्षति गरेको छ भन्ने जानकारी आएको छ, वडा नं. ६ को वडा कार्यालयमा क्षति पुगेको छ ।’ क्षतिको विवरण संकलन भईरहेको उनको भनाई छ ।

बारेकोट गाउँपालिका वडा नं। ६ मा रहेको सोलार सिस्टममा समेत क्षति पुगेको लेखापाल दीपक महताराले बताए । जाजरकोटमा सात वटै पालिकामा हावाहुरीले समान्य देखि गम्भीर रुपमा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले केही ठाउँमा क्षति भएको जानकारी आएको बताए । केही ठाउँमा क्षति भएको भन्ने जानकारी आएको छ उनले भने, क्षतिको विवरण संकलन भईरहेको छ ।

कर्णालीमा चट्याङ र हावाहुरीसहित असिना पानी

शनिबार दिउँसो कर्णालीमा ठुलो मात्रामा चट्याङ, हावाहुरीसहित असिना पानी परेको छ । विशेषगरी सुर्खेतमा ठुलो मात्रामा असिना परेको छ । चट्याङ लागेर दैलेखको भैरवी गाउँपालिका–६, तोरिमुलका १२ वर्षीय बालिका शर्मिला कँडेलको मृत्यु भएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिए । चट्याङ परी घाइते भएकी उनको दुल्लु अस्पतालमा उपचार सम्भव नहुने भएपछि प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो । तर, उनको बाटोमै मृत्यु भइसकेको हो। साथै त्यहाँ एउटा बाख्रो पनि मरेको प्रहरीले जनाएको छ ।

हावाहुरी र असिना पानीले विषेशगरी गहुँ, जौ, तरकारी लगायत हिउँदे बालीनालीमा क्षति पु¥याएको छ । टिप्नै लागेको गहुँ बालीमा असिनाले क्षति पु¥याउँदा किसानहरू भने चिन्तित बनेका छन् । असिना राजधानी वीरेन्द्रनगरमा विगत चार पाँच वर्षयताको सबैभन्दा धेरै परेको स्थानीयहरूले बताएका छन् । प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वीरबहादुर वलीले हावाहुरीले विभिन्न ठाउँमा भइरहेको क्षतिबारे जानकारी लिने काम भइरहेको बताए ।

बारेकोटमा भूकम्प पीडितका अस्थायी टहरादेखि गाउँपालिकाको वडा नम्बर २ मा रहेको स्वास्थ्य शाखा रहेको भवन र प्रहरी चौकीको छानो हावाले उडाएको जाजरकोट प्रहरीले जनाएको छ । यस्तै रुकुम पश्चिमको आठविसकोट नगरपालिका–९, मा रहेको इलाका प्रहरी कार्यालयको जस्तापाताले छाएको भान्सा घरमा क्षति पुगेको रुकुम पश्चिम प्रहरीले जनाएको छ । उक्त प्रहरी चौकीको जस्तापाता हावाले उडाएको सूचना अधिकारी धर्मेन्द्र खड्काले बताए । प्रदेश प्रहरी कार्यालयकाअनुसार हुम्लामा एक पनि प्रहरी चौकीमा क्षति भएको तर पुरा विवरण आउन बाँकी छ । हावाहुरीका कारण कर्णालीको विद्युत् अवरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search