Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

शिक्षकलेनै चिट चोराउने प्रवृत्तिले खस्कियो शैक्षिक गुणस्तर

Advertisement

जाजरकोट l सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न भविष्यमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ शिक्षामा वर्षेनी अर्बौ बजेट छुट्याउँदै आएको छ भने गैरसरकारी निकायले पनि शिक्षकलाई तालिमदेखि विद्यालय शिक्षा सुधारका लागि करोडौ बजेट खर्चिंदै आएका छन् । तर जाजरकोटका सरकारी विद्यालयको शैक्षिक उपलब्धि अपेक्षित रूपमा आउन सकेको छैन ।

माध्यमिक तहको शिक्षा गुणस्तर, व्यावहारिक र सीपमूलक नभएकै कारण जाजरकोटका ब्याचलर गरेका जनशक्ति पनि बेरोजगार बसेका छन् भने अधिकांश प्लस टु पढेका युवा कालापहाड र खाडीमा गएका छन् । सरकारी विद्यालयको शिक्षा गुणस्तर नहुनु, सरकारको लगानी अनुसार शैक्षिक उपलब्धि नहुनुका विभिन्न चुनौतीमध्ये परीक्षामा चिट चोराएर पास गराउने प्रवृत्ति मुख्य समस्या हो । जाजरकोटमा सबैभन्दा नाजुक र दयनीय अवस्था शिक्षा क्षेत्रमा देखिएको छ । शैक्षिक गुणस्तरका नारा लगाएर आधारभूत तहदेखि प्लस टु सम्मका परीक्षामा चिट चोराएर पास गराउने संस्कार रहेको छ । चिट चोराएर पास गराउने गलत संस्कारले जाजरकोटको शैक्षिक अवस्था खस्किँदो छ ।


जाजरकोटका शिक्षकहरुले आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउने र सरकारी विद्यालयका विद्यार्थीलाई परीक्षामा चिट चोराउन शिक्षक नै अग्रसर देखिएका छन् । सरकारी नुनपानी खाएर शिक्षकले नै सरकारी विद्यालयको शैक्षिक अवस्था खस्काएको देखिन्छ ।

जबसम्म शिक्षामा भएको बेथिति हटाउन सकिँदैन, तबसम्म समाज विकासको परिकल्पना असम्भव छ । चिट चोराएर पास भएका जनशक्ति भविष्यमा राज्यका कुनै निकायमा बिक्न सक्दैनन् । राम्रो शिक्षा सिक्ने, टिक्ने र बजारमा बिक्ने खालको हुनुपर्छ । शिक्षकले विद्यार्थीलाई मेहनत गराउन सिकाउने हो । तर जाजरकोट का शिक्षकले चिट चोराउन सिकाउने गरेको पाइयो ।माध्यमिक तहको शिक्षा गुणस्तर नभएकै कारण जाजरकोटको जनशक्ति उच्चशिक्षा र राज्यको उच्च ओहोदामा अपेक्षाकृत रूपमा पुग्न सकेका छैनन् ।

त्यसको मुख्य कारण नै चिट चोराएर पास गराउने प्रवृत्ति हो । चिट चोराउने नाइके नै शिक्षक हुन् । जसले सरकारको तलब भत्ता खाँदै आएका छन् । जाजरकोट का सबै विद्यालयमा अनुगन पनि नहुने देखिएको छ ।जाजरकोटको शैक्षिक अवस्था दयनीय भएको छ तर यसको हेर देख कस्ले गर्ने खै कसैलाइ चासो नै देखिदैन ।

जाजरकोट का अधिकाङ्स बिधालयमा किताब नपढेरै बिधार्थीले परीक्षा दिने गरेको भेटिएको छ । शिक्षकले बिधालयमा बिधार्थीलाई पढाउने बेलामा अल्छि गर्ने बिधालयमा नियमित उपस्थित नहुने तर परिक्षाको बेला भने आफ्नो बिधालयको र आफ्नो लाज लुकाउनका लागी बिधार्थी लाई चिट चोराएर पास गराउने गरेका छन । यस्तो शिक्षाले बिधार्थी परीक्षा बाट पास त होलान तर बिधार्थीको भबिष्यले भने कुन बाटो रोज्ने हो थाहा छैन ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एनपिएलमा आज दुई खेल, कर्णाली याक्सले जनकपुर बोल्ट्ससँग भिड्ने

एनपिएलमा आज दुई खेल, कर्णाली याक्सले जनकपुर बोल्ट्ससँग भिड्ने

सुर्खेत । हिजो (कार्तिक ९) देखि सुरू भएको प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछन। त्रिवि मैदान कीर्तिपुरमा मध्याह्न साढे १२ ...
कर्णालीका आठ स्थानीय तहमा अझै पुगेन सडक

कर्णालीका आठ स्थानीय तहमा अझै पुगेन सडक

सुर्खेत । कर्णाली प्रदेशका आठ स्थानीय तहका केन्द्रसम्म अझै मोटर गुड्ने सडक पुगेको छैन। सडक नहुँदा नागरिकले सामान्य प्रशासनिक कामदे...
रूकुम पश्चिममा बालक मृत्यु प्रकरणः १ जना पक्राउ

रूकुम पश्चिममा बालक मृत्यु प्रकरणः १ जना पक्राउ

रूकुम पश्चिम । रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका २ मा ६ वर्षीय बालकलाई हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन । बल बहादुर नाथक...
भेरी नगरपालिकाको वडा नं. ९ ‘बालमैत्री वडा घोषणा’

भेरी नगरपालिकाको वडा नं. ९ ‘बालमैत्री वडा घोषणा’

खलंगा । भेरी नगरपालिकाको वडा नं. ९ लाई बालमैत्री वडा घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन अन्तर्गत राष्ट्रिय तथा स्थानीय सबै सू...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search