Karnali Aawaj

Advertisement
Advertisement

कर्णालीमा एमालेलाई मुख्यमन्त्री दिन प्रधानमन्त्री दाहालको निर्देशन

Advertisement

काठमाडौँ । प्रधानमन्त्र पुष्पकमल दाहालले कर्णाली प्रदेश सरकार निर्माणमा एमाले उम्मेदवारलाई समर्थन गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार विश्वासको मत लिने तयारी गरिरहेका बेला एमाले उम्मेदवारलाई समर्थन गर्न निर्देशन दिएका हुन् ।

स्रोतका अनुसार उनले माओवादी कर्णाली इञ्चार्ज कालीबहादुर मल्ललाई टेलिफोन गरी गठबन्धनमा भएको सहमतिअनुसार मुख्यमन्त्रीका एमाले उम्मेदवारलाई सहयोग र समर्थन गर्न निर्देशन दिएका हुन् । मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने तयारी गरेका थिए ।

संसद्‍बाट विश्वासको मत लिनेगरी संसद् सचिवालयमा पत्र प्राप्त भएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले कान्तिपुरसँग पुष्टि गरिसकेका छन् ।

‘प्रधानमन्त्रीले मुख्यमन्त्रीका लागि एमालेलाई समर्थन गर्न निर्देशन दिनुभएको छ,’ स्रोतले भन्यो, ‘मंगलबार बिहानसम्म कर्णाली समितिले औपचारिक निर्णय गर्छ होला ।’

उपमहासचिव जनार्दन शर्माले कर्णालीमा माओवादीकै मुख्यमन्त्रीको निरन्तरता हुनुपर्ने भन्दै आपत्ति जनाइसकेका छन् । मुख्यमन्त्री राजकुमार शर्माले आफूले मंगलबार विश्वासको मत लिने तयारी गरिरहेको बताए । ‘विश्वासको मत लिने तयारी छ,’ उनले एमालेलाई मुख्यमन्त्री हस्तान्तरणबारे भने, ‘अरु कुरा थाहा छैन ।’ मुख्यमन्त्रीमा एमालेका यामलाल कँडेल मुख्यमन्त्रीका दाबेदार छन् । उनले केन्द्रको गठबन्धनको सहमतिअनुसार सरकार अघि बढ्ने विश्वास गरे । ‘गठबन्धनको सहमतिअनुसार नै कर्णाली सरकारबारे निर्णय हुने विश्वास छ,’ उनले भने ।

कर्णाली प्रदेशसभामा ४० सांसद छन् । सरकार जोगाउन मुख्यमन्त्री शर्मालाई एमालेका १० सांसद भए बहुमत पुग्छ । तर एमालेले सरकारको नेतृत्व लिने तयारी गरेको छ । प्रदेशसभामा कांग्रेसका १४, राप्रपाका १, एसका १ र स्वतन्त्रका १ सांसद छन् । – कान्तिपुर 

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search