Karnali Aawaj

Advertisement
Advertisement

माओवादीका कारण कर्णाली सरकार गठनमा ढिलाई : उपमहासचिव ज्ञवाली

Advertisement

जाजरकोट । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले कर्णाली सरकार गठनमा माओवादी केन्द्रको अनावश्यक बखेडा झिकेको बताएका छन । वर्तमान सत्ता गठबन्धनको शिर्ष नेतृत्वमा कर्णाली प्रदेश सरकाको नेतृत्व एमालेले गर्ने र मन्त्रालयको भागबण्डा आपसी समझदारीमा टुंगो लगाउने सहमति भएपनि कर्णालीमा माओवादीले अनावश्यक रुपमा सभामुखको विषयलाई समेत जोडेर बखेडा झिकेकोले सरकार गठनमा ढिलाई भएको उपमहासचिव ज्ञवालीले बताए ।

एमाले जाजरकोटको ७ औं जिल्ला अधिवेशनलाई आइतबार सदरमुकाम खलंगामा सम्बोधन गर्दै नेता ज्ञवालीले वर्तमान सत्ता गठबन्धन राष्ट्रको हितमा बनेको भन्दै आवद्ध दलहरु भने सच्चिन आवश्यक भएको बताए । पूर्वमन्त्री समेत रहेका ज्ञवालीले नेपाललाई अल्पविकसित राष्ट्रको सूचिबाट विकासशिल राष्ट्रको सूचिमा एमाले नेतृत्वको सरकारले पुर्याएको दावि गरे । केपी ओली नेतृत्वको सरकारको पालामा देश विकासले गति लिएको र जनतामा आशा जगाएको भन्दै षडयन्त्रपूर्वक सरकारबाट हटाइएको उनको भनाई छ ।

उपमहासचिव ज्ञवालीको प्रमुख आतिथ्यतामा एमाले जाजरकोटको ७ औं जिल्ला अधिवेशन आज उद्घाटन भएको छ । उद्घाटन कार्यक्रममा पार्टी सचिव एवम् कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट, पोलिटव्युरो सदस्य एवम जाजरकोट जिल्ला इन्चार्ज लक्ष्मी प्रसाद पोखरेल, पोलिटव्युरो सदस्य भैरवसुन्दर श्रेष्ठ, कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलावजंग शाह, केन्द्रीय सदस्यहरु निरज आचार्य, डम्बर बहादुर सिंह, चन्द्रप्रकाश घर्ती लगायतको उपस्थिति रहेको थियो ।

मंगलबारसम्म चल्ने अधिवेशनको बन्दसत्र सोमबार बिहान ७ बजेबाट सुरु हुने प्रचार तथा प्रकाशन विभाग प्रमुख नरबहादुर बस्नेत (एन.बि) ले जानकारी दिए । एमाले जाजरकोटको नयाँ नेतृत्वका लागि हालसम्म वर्तमान अध्यक्ष खिमबहादुर शाही र युवा नेता नरेन्द्र कुमार शाहीको चर्चा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search