Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

जाजरकोटका जंगलमा पहिलो पटक क्यामेरा ट्रयाप सर्वे सम्पन्न

Advertisement

बारेकोट । जिल्लाको बारेकोट गाउँपालिकाका सामुदायिक वनमा क्यामेरा जडानको काम सम्पन्न गरिएको छ । गाउँपालिका भित्रका वडा नं. ३ मा रहेको फुलवारी खाली सामुदायिक वन र वडा नं. ४ स्थित ढोटाचौर सामुदायिक वनमा क्यामेरा जडान गरिएको थियो ।

गत असार २० गते देखि जडान गरिएको क्यामेरामा रेडपाण्डाको वासस्थान रहेको ठाउँमा अन्य स्तानधारी वन्यजन्तुको पहिचान गर्न क्यामेरा जडान गरिएको थियो । रेडपाण्डा नेटवर्क र डाँफे यूवा क्लवको साझेदारीमा सञ्चालित पश्चिम नेपालमा सामुदायमा आधारित हाब्रे संरक्षण कार्यक्रम अन्तर्गत बारेकोट गाउँपालिका र डिभिजन वन कार्यालय जाजरकोटको सहकार्यमा क्यामेरा जडान गरिएको डाँफे यूवा क्लव जाजरकोटका कार्यक्रम संयोजक भुपलाल केसीले जानकारी दिए ।

पश्चिम नेपालको भेगमा रेडपाण्डाको वासस्थानमा स्तानधारी वन्यजन्तुले स—अस्थित्व गर्दा रहेछन् भन्ने तथ्यांक संकलन गर्नका साथै रेडपाण्डा लगायत वन्यजन्तुको वासस्थानको अवस्थाबारे विस्तृत अध्ययन गर्नका लागि क्यामेरा जडान गरिएको रेडपाण्डा नेटवर्कका कार्यक्रम अधिकृत दिनेश घलेले जानकारी दिए ।

दुई वटा सामुदायिक वनमा २२ वटा क्यामेरा ४५ दिनमा जडान गरिएको थियो । क्यामेरा जडानमा रेडपाण्डा, हिमालीभालु, चरी बाघ, रतुवा, घोरल, हिमालयथार,बदेल लगायतका वन्यजन्तु देखिएका छन ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search