Karnali Aawaj

Advertisement
Advertisement

भेरी ज्ञानोदयमा स्ववियुको बेइमानी : राहत रकम कार्यकक्ष निर्माणमा खर्च

Advertisement

जाजरकोट । जाजरकोटको भेरी ज्ञानोदय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले विद्यार्थीलाई आएको राहत रकममा बेइमानी गरेको पाइएको छ । गत कात्तिक १७ गते जिल्लाको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट प्रभावित भएका विद्यार्थीहरुका लागि जिपि कोइराला मेमोरियल क्लेज काठ्माडौंंले पठाएको राहत रकम स्ववियुले अनेत्रै खर्च गरेको पाइएको हो ।

क्याम्पसमा अध्ययनरत भूकम्प पीडित विद्यार्थीका लागि आएको ५ लाख राहत रकम स्ववियुले आफ्नो कार्यकक्ष निर्माणमा खर्च गरेको भेटिएको छ । भूकम्प गएको ७ महिना बितिसक्दा पनि क्याम्पसले राहत रकमको विषयमा चासो नदेखाएपछि भूकम्प प्रभावित विद्यार्थीले उक्त राहत रकममा प्रश्न उठाएका छन । स्ववियु अध्यक्ष प्रकाश सिंहले भने उक्त रकम राहत नभइ अन्य प्रयोजनका लागि आएको बताए । राहत नभई सहयोग भनेर आएकोले उक्त रकम क्याम्पसमा स्ववियु कार्यकक्ष निर्माणमा खर्च गरिएको अध्यक्ष सिंहको भनाई छ ।

उता जिपि कोइराला मेमोरियल क्लेज काठ्माडौंंका प्रमुख शिव अधिकारीले भने आफूहरुले दिएको ५ लाख रकम भूकम्प प्रभावित विद्यार्थीहरुका लागि तत्काल राहत होस भनेर भेरी ज्ञनोदय बहुमुखी क्याम्पस जाजरकोटलाई हस्तान्तरण गरिएको बताएका छन । ‘हामीले पठाएको राहत रकम अहिले सम्मपनि भूकम्प प्रभावित विद्यार्थीसंग किन नपुगेको हो ? यसको विषयमा त्यहाँका अविभावक विद्यार्थीहरुले खोजी गर्नुपर्छ,’ प्रमुख अधिकारीको भनाई छ ।

भेरी ज्ञनोदय बहुमुखी क्यामपसका प्रमुख बलराम भण्डारीका अनुसार उक्त राहत रकम  स्ववियु कार्यकक्ष निर्माणको लागि  मागे पछि एक लाख ले कार्यकक्ष निर्माण गरौन त भन्दा एक लाखले नपुग्ने भने पछि २ लाख रकम कार्यकक्ष निर्माणमा खर्च गर्ने निर्णय गरेको र ३ लाख क्याम्पसको खातामा जम्मा गरिएको क्याम्पस प्रमुख भण्डारी जानकारी दिएका छन ।

 

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search