Karnali Aawaj

Advertisement
Advertisement

बझाङमा एमालेका दमन भण्डारी विजयी

Advertisement

बझाङ । बझाङको प्रदेशसभा – १ मा नेकपा एमालेले जितेको छ । सोमबार दिउँसो आएको मतपरिणामअनुसार एमाले उम्मेदवार दमनबहादुर भण्डारी प्रदेश सभा सदस्य निर्वाचित भएका हुन । भण्डारीले ११६१३ मत ल्याए भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११३४६ मत ल्याए ।

तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका जनक बुढाले ३८३१ मत ल्याए भने चौथो स्थानमा रहेका एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत ल्याएका छन । यहाँ प्रदेश सभा सदस्यका लागि ११ जनाले चुनाव लडेका थिए। २०७९ सालको चुनावमा यहाँ गठबन्धनबाट कांग्रेसका पृथ्वीवहादुर सिंह विजयी भएका थिए ।

उनले नेकपा एमालेका अभिभाल ओखेडालाई हराएका थिए। सिंहले १७ हजार १ सय १२ मत ल्याएका थिए भने ओखेडाले १३ हजार ३३६ मत ल्याएका थिए ।

प्रदेश सभा सदस्यमा निर्वाचित भण्डारी को हुन ?

भण्डारी छविसपाथिभेरा गाउँपालिका वडा नम्बर १ भण्डारी गाउँका स्थायी बासिन्दा हुन । ५७ वर्षीय भण्डारीका बुवा र हजुरबुवा पनि राजनीतिमा थिए ।आमाबुवाले खेतीकिसानी गरेर आफूलाई हुर्काएको उनले बताए। उनी अहिले बुवाको शोकमै छन्। यही वैशाख ११ गते उनका बुवाको निधन भएको थियो । चुनावको प्रचारप्रसारमै रहेका बेला उनले बुवाको अन्तिम संस्कार गर्न परेको थियो ।

उनका बुवा पन्चायत कालमा वडा सदस्य भएका थिए। पल्लाघरका बाजेपनि गाउँमा प्रधानपञ्च भएका थिए। जेठाबुवाका छोरा पनि गाविस अध्यक्ष थिए। उनीहरूको प्रेरणाले आफुले पनि राजनीतिबाटो रोजेको भण्डारी बताउँछन । गाउँबाट एसएलसी दिएर कानुन विषय पढ्न काठमाण्डौं गएका उनी क्याम्पस पढ्ने बेलामा अनेरास्ववियुमा आबद्ध भए। भण्डारी २०५४ मा गाविस अध्यक्ष भएका थिए ।

‘काठमाण्डौंमा डिग्री पढ्दै गर्दा स्थानीय चुनावमा प्रचारप्रसार गर्न गाउँ आएका बेला मलाई घरमै आएर गाविस अध्यक्षको टिकट दिए,’ भण्डारीले भने, ‘उसलाई दिए जितिने भयो भनेर मैले पाएँ। त्यो बेला त फोन पनि थिएन। मलाई थाह थिएन। घरमा टिकट दिनआएपछि पो बल्ल थाहा पाएँ।’

गाविस अध्यक्ष हुँदा उनी गाविस राष्ट्रिय महासंघको बझाङ जिल्ला अध्यक्ष पनि भए। त्यसपछि उनी युवा संघको जिल्ला अध्यक्ष भएका थिए । २०६९ मा एमालेको जिल्ला कमिटीको उनी सचिव भएका भण्डारी २०७८ मा अध्यक्ष भए। अहिले पनि भण्डारी नेकपा एमाले बझाङका अध्यक्ष हुन ।

‘२०५४ पछि मैलेँ चुनाव लड्ने अवसर पाएको थिइन, सिनियर नेता हुनुहुन्थ्यो। गतवर्ष प्रदेशमा दावी गरेको थिएँ, तर टिकट पाइन,उपनिर्वाचनमा भने जिल्लाबाट तीन जनाको नाम गएकोमा मैले पाएँ,’ उनले भने । प्रदेश सभामा आफ्नो क्षेत्रका सामाजिक र पुर्वाधार क्षेत्रको विकास गर्न अहम भुमिका खेल्ने भण्डारीको दाबी छ ।

‘हाम्रो पछि परेको दुर्गम ठाउँ छ। अहिले पनि आधारभुत आवश्यकता नै सबैले नपाएको अवस्था छ। हिंसा, बालबालिका बहुविवाह जस्ता धेरै समस्या अहिले पनि छन्। यसको विरुद्ध काम गर्छु भनेको छु,’ भण्डारीले भने, ‘गाउँमा प्रचार गर्दा पनि भ्रष्टाचारका विरुद्ध बोल्छु भनेको छु । प्रदेशमा कमिशनको कुरा आउने गरेको छ। त्यसको अन्त्य गर्नेछु ।’

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search