Karnali Aawaj

Advertisement
Advertisement

कर्णाली सरकारले आज पूर्णता पाउँदै

Advertisement

सुर्खेत । कर्णाली प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ । २७ चैतमा मुख्यमन्त्री नियूक्त भएका एमाले संसदीय दलका नेता यामलाल कडेलले २१ दिनपछि आज मन्त्रिमण्डललाई पूर्णता दिन लागेका हुन ।

आज दिउँसो साढे २ बजे ६ जना मन्त्रीहरुले सपथ लिने तयारी भएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । यद्यपि मन्त्रीहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

मुख्यमन्त्री कडेलले आज एमालेको भागमा परेका भौतिक पूर्वाधार तथा सहरी विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त गर्ने तयारी गरेका छन ।

त्यस्तै माओवादीको भागमा परेका आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र जलस्रोत तथा ऊर्जा विकास मन्त्री नियुक्त हुने जनाइएको छ ।

मुख्यमन्त्रीसहित आठ मन्त्रालय रहेको कर्णालीमा ४ माओवादी र मुख्यमन्त्रीसहित ४ मन्त्रालय एमालेले लिने गरी सहमति भएको थियो । जसमा माओवादीबाट विनाविभागिय मन्त्रीका रुपमा रणसिंह परियारले यसअघि नै सपथ लिइ सकेका छन ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search