Karnali Aawaj

Advertisement
Advertisement

नलगाडका ४ सय बढि कृषकलाई व्यवसायीक तालिम

Advertisement

जाजरकोट । नलगाड नगरपालिकाका ४ सय बढि कृषकहरुलाई कृषि सम्बन्धि व्यवसायीक तालिम दिइएको छ ।

नगरपालिकाभित्र परम्परागत रुपमा कृषि पेशामा आवद्ध कृषकहरुलाई व्यवसायीक कृषि उत्पादन र बजारीकरण सम्बन्धि ज्ञान दिने उद्देश्यले २ दिवसिय व्यवसायीक तालिमको आयोजना गरिएको हो । संघीय र प्रादेशिक कृषि अनुसन्धान केन्द्र सहित मातहतका जिल्ला कार्यालयका विज्ञहरु मार्फत उत्पादन र व्यवसायिकरण सम्बन्धी तालिम दिइएको नगरपालिकाका सूचना अधिकारी नारायण खत्रीले जानकारी दिए ।

नलगाडमा राष्ट्रिय वाणिज्य बैंकले कृषकहरुलाई सहुलियत रुपमा कृषि कर्जा प्रदान गर्दैछ ।

नगरपालिका संग भएको सम्झौता अनुरुप बैंकले दिने उक्त सहुलियत कर्जाको सहि सदुयोग होस भन्ने उद्देश्यले पनि उक्त तालिमको आयोजना गरिएको हो । कृषकहरुमा बैंकले दिने सहुलियत ऋण दुरुपयोग नहोस भन्ने चेतना अभिवृद्धिका लागि पनि सो कार्यक्रमको आयोजना गरिएको सूचना अधिकारी खत्रीको भनाई छ ।

तालिममा कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रदेश सचिव डा. नरहरी प्रसाद आचार्य, प्रदेश सरकारका पूर्वमन्त्री गणेश प्रसाद सिंह लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search