Karnali Aawaj

Advertisement
Advertisement

कर्मचारी संगठनले जारी गर्यो रारा घोषणा-पत्र (घोषणा-पत्रसहित)

Advertisement

सुर्खेत । नेपाल निजामती कर्मचारी संगठनले १५ वुदे रारा घोषणा पत्र जारी गरेको छ । संगठनको कर्णाली प्रदेश कार्य समितिको सातौं सचिवालय बैठकबाट जारी “रारा घुमौ र कर्णाली चिनौ” भन्ने उदेश्यका साथ रारा घोषणापत्र जारी गरेको हो ।

घोषणा पत्रमा गुणस्तरीय सार्वजनिक सेवा प्रवाहका निम्ती सार्वजनिक प्रशासनमा ज्ञान, सीप, क्षमता र दक्षतायुक्त जनशक्ति व्यवस्थापनका लागि समय सापेक्ष तालिम, प्रशिक्षण, गोष्ठी लगायतका क्रियाकलाप सञ्चालन गर्न सरकारसँग अनुरोध गर्नेसहित १५ बुदे घोषणा पत्र जारी गरेको संगठनका कर्णाली प्रदेश इन्चार्ज तुलाराम गिरीले जानकारी दिए ।

बैठकमा नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालासमेत सहभागी थिए । छाँयानाथ रारा नगरपालिका वडा नं।(९, मुगु जिल्लामा स्वर्गकी अप्सराको रूपमा रहेको नेपालकै प्रमुख पर्यटकीय गन्तव्य रारा तालमा कर्णाली प्रदेश कार्य समितिका अध्यक्ष टंक प्रकाश लामिछानेको अध्यक्षता बैठक सम्पन्न गर्दै घोषणा पत्र जारी गरेको महासचिव राजेश आचार्यले जानकारी दिए ।

यस्तो छ घोषणा-पत्र :

१. “सहभागितामूलक सेवाः सुशासनमा टेवा” भन्ने अभियानलाई सार्थकता प्रदान गर्न नीति तर्जुमा देखि कार्यान्वयन हुँदै प्रतिफल वितरणमा आम नागरिक र सरोकारवालको सार्थक र अर्थपूर्ण सहभागिता गराउन सरोकारवाला सबैमा अनुरोध गर्ने।

२. मुलुकको बदलिदो परिस्थिती सँगै देखा परेको प्रशासनिक संक्रमणकालको अन्त्यका लागि संघीय निजामती सेवा र यस संग सरोकार राखे ऐन, नियम यथासक्य जारी गर्नका लागि “कानून निर्माण गरौ, गतिशील प्रदेश बनाउँ” भन्ने अभियान सञ्चालन गर्ने।

३. सार्वजनिक प्रशासन समय सापेक्ष परिस्कृत गर्दै आम नागरिकले अनुभुत गर्ने गरी “समृद्धिको आधारस सक्षम र व्यवसायीक सार्वजनिक प्रशासन” भन्ने अभियान सञ्चालन गर्ने।

४. संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै राष्ट्रसेवक कर्मचारीहरुको सेवाको सुरक्षा, वृत्ति विकास, समय सापेक्ष सेवा सुविधा वृद्धि र उच्च मनोभावका साथ सेवा प्रवाह गर्ने वातावरण सिर्जना गर्न “एकीकृत सरकारी सेवाः विकास र समृद्धीलाई टेवा” भन्ने अभियान सञ्चालन गर्ने।

५. लोकतन्त्रमा मूलुकी प्रशासनबाट प्रवाह हुने सरकारी सेवाको पहुँचमा आम नागरिकको समान पहुँचका लागि र “शीघ्र सेवाः तिव्र विकास” लाई आत्मसात गर्दै सेवा प्रवाहलाई छिटो, छरितो, चुस्त, दुरुस्त, प्रविधिमैत्री, सर्वसुलभ र पारदर्शी बनाउन विभिन्न कार्यक्रम मार्फत आम राष्ट्रसेवकहरुलाई अनुरोध गर्ने।

६. पछिल्लो समयमा पेशाकर्मीहरुमाथि कार्यस्थलमै हुने गरेका अभद्र, अवाञ्छित र अमर्यादित खालका गतिविधिले आम कर्मचारीको मनोबल कमजोर हुनुका साथै सेवा प्रवाहमा समेत प्रभाव परेकाले सार्वजनिक प्रशासन भित्र सुरक्षित कार्य क्षेत्र अभियान सञ्चालन गरी पेशाकर्मीलाई सुरक्षित र मर्यादित वातावरणमा उच्च मनोबलका साथ सेवा प्रवाह गर्ने उचित कार्य वातावरण सिर्जना गर्न तीनै तहका सरकारलाई अनुरोध गर्ने।

७. गुणस्तरीय सार्वजनिक सेवा प्रवाहका निम्ती सार्वजनिक प्रशासनमा ज्ञान, सीप, क्षमता र दक्षतायुक्त जनशक्ति व्यवस्थापनका लागि समय सापेक्ष तालिम, प्रशिक्षण, गोष्ठी लगायतका क्रियाकलाप सञ्चालन गर्न सरकारसँग अनुरोध गर्ने।

८. पेशागत हक हित र अधिकारको रक्षाका निम्ती ट्रेड युनियन अधिकारको सुनिश्चिता गर्न सरकारसँग माग गर्दै जिम्मेवारी र कर्तव्यबोधका साथ सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गर्दछौ।

९. “समृद्ध कर्णालीः सुखारी कर्णालीबासी” को अभियानलाई पूरा गर्न योग्यता, दक्षता, क्षमताका आधारमा तोकिएका पदमा कर्मचारीहरुलाई यथोचित जिम्मेवारी प्रदान गर्न “च्ष्नजत ःबल ष्ल च्ष्नजत उबिअभ बत च्ष्नजत त्ष्mभ” को अभियान सञ्चालन गर्न कर्णाली प्रदेश सरकारसँग जोडदार माग गर्ने।

१०. नेपाल निजामती कर्मचारी संगठन, कर्णाली प्रदेश कार्य समितिले पटक-पटक कर्णाली प्रदेश सरकारलाई स्थानीय सेवा ऐनका सन्दर्भमा दिएका सुझवहरुलाई समेटी यथासक्य स्थानीय सेवा ऐन जारी गर्न कर्णाली प्रदेश सरकार समक्ष माग गर्दछौ।

११. हाल कर्णाली प्रदेशको निजामती सेवा ऐन र नियमावली जारी भई कार्यान्वयन भईसकेको अवस्थामा नयाँ संगठन संरचना स्वीकृत नभएका कारण कर्मचारीको वृत्ति विकास र सेवा प्रवाहमा प्रत्यक्ष प्रभाव परेकोले कर्णाली प्रदेशको भौगोलिक बनावट, आवश्यकता र औचित्यता समेतलाई मध्यनजर गर्दै यथासक्य कर्णाली प्रदेश सरकारसँग जोडदार माग गर्दछौ।

१२. हाल निजामती प्रशासनको स्वीकृत दरवन्दीमा सेवा करारमा कार्यरत कर्मचारीहरुको सेवाको सुरक्षा प्रत्याभूति हुने गरी सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्ध गर्नका लागि तीनै तहका सरकारसँग अनुरोध गर्ने।

१३. “जमूनाह(नाग्म गमगडी(नाक्चानाग्ला” सडक आयोजना लाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखि कर्णाली प्रदेशमा पर्यटन प्रवर्द्धन मार्फत समग्र देशको आर्थिक विकासमा टेवा पुग्ने भएकोले सोको लागि कर्णाली प्रदेश सरकार मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने।

१४. संगठन निर्माणको महान अभियानलाई सार्थकता दिन कर्णाली प्रदेशका प्रशिक्षण गर्न बाँकी जिल्लामा तत्काल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने।

१५. नेपाल निजामती कर्मचारी संगठनको अभिभावकत्वमा सञ्चालित राष्ट्रसेवक सहकारी संस्थाहरुप्रति शेयर सदस्यहरुको विश्वसनियता कायम गराई राख पूँजीको संरक्षण, सञ्चालन तथा व्यवस्थापनको लागि नेपाल निजामती कर्मचारी संगठन, कर्णाली प्रदेश कार्य समिति प्रतिबद्धता व्यक्त गर्दछ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search