Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

जाजरकोटको रिम्नामा व्यापार तथा साँस्कृतिक महोत्सवको आयोजना गरिँदै

Advertisement

जाजरकोट । जाजरकोटको रिम्नामा व्यापार तथा साँस्कृतिक महोत्सव सञ्चालन हुने भएको छ । “जाजरकोट समृद्धिको आधार, कला संस्कृति पर्यटन उद्योग र व्यापार” भन्ने मुल नाराका साथ यहि जेठ ७ देखि २० गतेसम्म प्रथम रिम्ना व्यापार तथा साँस्कृतिक महोत्सवु सञ्चालन हुने भएको हो ।

कला संस्कृति पर्यटन प्रवर्द्धन मञ्च कर्णाली प्रदेश सुर्खेतको आयोजना तथा भेरी त्रिवेणी युवा क्लवको सहआयोजनामा महोत्सव सञ्चालनको तयारी गरिएको क्लवका अध्यक्ष एवम् महोत्सव संचालन समितिका संयोजक निरज रानाले बताए । जिल्ला सदरमुकाम खलंगामा आज भएको पत्रकार भेटघाटमा संयोजक रानाले जिल्लाका पर्यटकीय क्षेत्र र स्थानीय कला संस्कृतिलाई उजागर गर्न महोत्सवको आयोजना गरिएको जानकारी दिए ।

जाजरकोट र रुकुम पश्चिमको सिमानामा पर्ने रिम्नामा आयोजना हुने व्यापार मेला तथा साँस्कृतिक महोत्सवले स्थानीय कला संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका साथै जिल्लाको पर्यटन र स्थानीय उत्पादनको बजारीकरणमा समेत सहयोग पुग्ने कला संस्कृति पर्यटन प्रवद्र्धन मञ्चका अध्यक्ष डिल्ली परियारले बताए ।

महोत्सवमा स्थानीय मयुर नाँच, सिंगारु नाँच, पञ्चेबाजा, पैसेरु नाँच, पापीनी नाँच, सोरठी नाँच लगायतका साँस्कृतिक प्रदर्शनी गरिने आयोजकले जनाएको छ । महोत्सवमा विशेष गरी स्थानीय स्तरमा उत्पादित कृषि जन्य वस्तुरहरु (दहि, महि, घिउ, मह, सिस्नो, मकैको रोटी, कोदो, माछा, डोको, नाम्लो) लगायतका फरक-फरक स्टलहरु राखेर विक्री वितरण तथा अवलोकन गर्न सकिने छ । साथै महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट दैनिक रूपमा साँस्कृतिक प्रस्तुतीहरु रहने आयोजकले बताएको छ ।

महोत्सव अवलोकनका लागि जाजरकोट सहित रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, दैलेख, सुर्खेत, डोल्पा, दाङ, प्युठान लगायतका जिल्लाबाट करिब एक लाख दर्शक आउने आयोजकले अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search