Karnali Aawaj

Advertisement
Advertisement

एमाले भेरी नगरकमिटीको अध्यक्षमा शर्मा सर्वसम्मत

Advertisement

जाजरकोट । नेकपा एमाले भेरी नगरकमिटीको अध्यक्षमा मुकुन्द प्रसाद शर्मा सर्वसम्मत निर्वाचित भएका छन । जेठ १५ र १६ गते जिल्ला सदरमुकाम खलंगामा सम्पन्न नगरकमिटीको दोस्रो अधिवेशनले शर्माको अध्यक्षतामा सर्वसम्मत रुपमा भेरी नगरकमिटी निर्वाचित गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा सावित्रा चन्द, सचिवमा कमल राना, उपसचिवमा डम्बर बहादुर खड्का र बसुन्धरा नेपालीसहित ६५ सदस्यीय नगरकमिटी निर्वाचित गरेको एमाले जाजरकोटका अध्यक्ष नरेन्द्र कुमार शाहीले जानकारी दिए । अध्यक्ष शाहीका अनुसार पदाधिकारीहरु सहित सबै सदस्यहरु सर्वसम्मत रुपमा चयन भएका हुन ।

अध्यक्ष पदका आकांक्षी गंगबहादुर शाहीले पार्टी भित्रको आन्तरिक एकातामा सहयोग पुर्याउने भन्दै उम्मेदवारी फिर्ता लिएपछि शर्माको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन भएको हो । भेरीको अधिवेशनमा पार्टी पोलिटव्युरो सदस्य एवम् जिल्ला इन्चार्ज लक्ष्मी प्रसाद पोखरेल, पोलिटव्युरो सदस्य भैरव सुन्दर श्रेष्ठ, केन्द्रीय सदस्यहरु निरज आचार्य, डम्बर बहादुर सिंह, चन्द्रप्रकाश घर्ती, पार्टी प्रदेश कमिटीका सदस्यहरु, जिल्ला अध्यक्ष सहित पदाधिकारीहरु र जनसंगठनका केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो ।

भेरी संगै एमालेको जिल्ला अधिवेशन पछि शिवालय र कुशे गाउँकमिटीको अधिवेशन सम्पन्न भइसकेका छन । शिवालयमा रंगनाथ गोगी र कुशेमा पृथीबहादुर सिंहको नेतृत्वमा सर्वसम्मत रुपमै नेतृत्व चयन भएको छ ।

जेठ महिना भित्र सबै पालिकाहरुको अधिवेशन गरिसक्ने संगसंगै वडा अधिवेशनहरु पनि सम्पन्न गर्ने कार्ययोजना रहेको जिल्ला अध्यक्ष शाहीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search