Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

पदपूर्तिको माग गर्दै सीटीईभिटीका कर्मचारी अनसनमा

Advertisement

काठमाडौं । पदपूर्तिको माग गर्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का कर्मचारीहरुले कार्यालयमा रिले अनसन सुरू गरेका छन ।

परिषद्ले पटक पटक सम्झौता गरे पनि लागू नगरेको भन्दै आइतबारदेखि रिले अनसन शुरु गरेको परिषद् कर्मचारी संगठनका महासचिव गोपाल बस्नेतले बताए । उनीहरुले विगत पाँच वर्षदेखि पदपूर्ति नभएको र २०७६ सालमा परिषदले गरेको ओ एन्ड एम सर्भे प्रतिवेदन अनुसार तत्काल पदपूर्ति हुनुपर्ने माग राखेर २६ पुस २०८० सालदेखि आन्लोलनरत रहेको महासचिव बस्नेतले बताए ।

प्रशासनले आफू अनुकुलका मान्छेहरुको बढुवा सुनिश्चित नभएको कारण पदपूर्ति नगरेको महासचिव बस्नेतले आरोप लगाए । उनले भने, ‘केही समय रोकेपछि अनिवार्य अवकासमा गएका व्यक्तिहरुको ठाउँमा आफ्ना मान्छेहरु बढुवा सुनिश्चित हुने भएपछि विज्ञापन गर्ने नियतले अगाडी बढेको देखिन्छ ।’ यसबीचमा परिषद र कर्मचारी संगठनहरुबीच पटक पटक सहमति हुने तर कार्यान्वयन नभइरहेकाले आइतबारदेखि पुन रिले अनसन सुरू गरेको उनले बताए ।

परिषदका उपाध्यक्ष खगेन्द्र अधिकारीका अनुसार परिषदको स्थायी दरबन्दी संख्या ९३२ हो । त्यसमध्ये हाल ३ सय बढि पद रिक्त रहेको छ । रिक्त रहेको दरबन्दी पूर्ति गर्नको लागि शिक्षा मन्त्रालयको निर्णय पर्खिरहेको परिषदका उपाध्यक्ष अधिकारीले बताए ।

उनले भने, ‘परिषद्ले कसरी पदपूर्ति गर्न सकिन्छ भनेर अर्थमन्त्रालयको सुझाव सहमतिको लागि पठाइएका थियौं अर्थले शिक्षा मन्त्रालय पठाएको छ अब शिक्षाले सुझाव सहितको सहमति पठाएपछि हामी अगाडी बढाउँछौं ।’

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search