Karnali Aawaj

Advertisement
Advertisement

एमाले छेडागाडको अध्यक्षमा ओली

Advertisement

केपी न्यौपाने, मनाघाट । नेकपा एमाले छेडागाड नगरकमिटीको अध्यक्षमा मोतिलाल ओली सर्वसम्मत निर्वाचित भएका छन । पालिकाको केन्द्र मनाघाटमा आइतबार सम्पन्न नगरकमिटीको दोस्रो अधिवेशनले ओलीको अध्यक्षतामा सर्वसम्मत रुपमा नगरकमिटी निर्वाचित गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा भवानी प्रसाद जैसी, सचिवमा प्रेम बहादुर कार्की, उपसचिवमा गणेश थापा र तिला कुमारी खत्रीसहित ५५ सदस्यीय नगरकमिटी निर्वाचित गरेको एमाले जाजरकोटका अध्यक्ष नरेन्द्र कुमार शाहीले जानकारी दिए । अध्यक्ष शाहीका अनुसार पदाधिकारीहरु सहित सबै सदस्यहरु सर्वसम्मत रुपमा चयन भएका हुन ।

नगर कमिटीको अध्यक्षमा निर्वाचित ओली पार्टी जिल्ला कमिटीको उपाध्यक्षमा झिनो मतान्तरले पराजित भएका थिए । अधिवेशनमा पार्टी पोलिटव्युरो सदस्य एवम् जिल्ला इन्चार्ज लक्ष्मी प्रसाद पोखरेल, केन्द्रीय सदस्यहरु निरज आचार्य, डम्बर बहादुर सिंह, जिल्ला अध्यक्ष नरेन्द्र कुमार शाही सहित पार्टी प्रदेश कमिटीका सदस्यहरु र जनसंगठनका केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो ।

छेडागाड संगै एमालेको जिल्ला अधिवेशनपछि भेरी, शिवालय, कुशे र जुनिचाँदे गाउँकमिटीको अधिवेशन सम्पन्न भइसकेका छन । बारेकोट र नलगाडको पालिका अधिवेशन गर्न बाँकी रहेको एमालेले जनाएको छ ।

पालिकाहरुको अधिवेशन संगसंगै वडा अधिवेशनहरु पनि भइरहेका जिल्ला अध्यक्ष शाहीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search