Karnali Aawaj

Advertisement
Advertisement

गर्भपतनबारे व्यवहार रुपान्तरणका लागि २ दिने कार्यशाला गोष्ठी सम्पन्न

Advertisement

खलंगा । गर्भपतनबारे मुल्य, मान्यता र व्यवहार रुपान्तरण सम्बन्धि सरोकारवालाहरु बिच २ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । स्वास्थ्य सेवा कार्यालय, जाजरकोटको आयोजनामा बुधबारदेखि जिल्ला सदरमुकाम खलंगामा सुरु भएको उक्त गोष्ठी विहिबार सम्पन्न भएको हो ।

गोष्ठीमा गर्भपतनको वर्तमान अवस्था, कानूनी व्यवस्था, यसको सकारात्मक र नकारात्मक प्रभाव र गर्भपतनका विषयमा सरोकारवालाहरुको बुझाई सम्बन्धि छलफल गरिएको थियो । जिल्लाका ७ वटै स्थानीय तहका सामाजिक विकास समितिका संयोजक, स्वास्थ्य शाखाका प्रमुख, मातृ स्वास्थ्यमा काम गर्ने स्वास्थ्यकर्मीहरु, अदालत, सरकारी वकील कार्यालय, प्रहरी, पत्रकार, बाल क्लव र महिला अधिकारका क्षेत्रमा क्रियाशिल संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त गोष्ठीको सहजिकरण सिनियर नसिंङ निरिक्षक सेतु शाही र पुजा वलीले गरेकी थिइन ।

कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय जाजरकोटकी निमित्त प्रमुख डा. प्रतिक्षा भारतीले सुरक्षित गर्भपतन महिलाहरुको अधिकारको विषय भएकोले यसलाई अन्य हिसावले बुझ्न नहुने बताइन । सम्बन्धित व्यक्तिको सहमतिमा गरिने सुरक्षित गर्भपतनलाई कानूनले समेत अनुमति दिएकोले यसप्रति समाजमा रहेको विद्यमान मुल्य, मान्यता र व्यवहारहरु समयानुकुल परिवर्तन हुनुपर्ने भन्दै डा. भारतीले यसले पार्ने सकारात्मक प्रभावका विषयमा सबैलाई सचेत बनाउनु सरोकारवाला सबैको जिम्मेवारी रहेको बताइन ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search