Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

रुकुमको सोलाबाङमा बन्यो कर्णालीकै पहिलो ‘सिसमहल’ मन्दिर

Advertisement

रुकुम पश्चिम । मुसीकोट नगरपालिका – ४ सोलाबाङमा कलात्मक सिसमहल मन्दिर निर्माण भएको छ । शिवधाम क्षेत्र संरक्षण तथा सिसमहल मन्दिर निर्माण समितिले सिसैसिसाका कलात्मक आकृतिहरु सहितको मन्दिर निर्माण गरेको हो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जनार्दन शर्माका अनुसार यो मन्दिर एक रोपनी क्षेत्रफल जग्गामा निर्माण गरिएको छ । यो मन्दिर निर्माणका लागि आफू र बिमल शर्माले एक रोपनी जग्गा उपलब्ध गराएको उहाँले बताउनुभयो । मन्दिर परिसरमा विवाह मण्डपका साथै अन्य संरचनाहरु समेत बनाईएको छ । राप्ती राजमार्गबाट मन्दिरगेटसम्म पुग्नलाई सडक पक्कि बनाईएको छ ।

मन्दिरको भित्र सिसाका टुक्राहरु चप्काएर बुट्टा भरिएको छ भने सिसाका कलात्मक फूलहरु बनाईएको छ । मन्दिरको भित्रिभागमा चार फिट माथि ऐनाहरु राखिएको छ भने सिलिङगमा समेत सिसाका बुट्टाहरु राखिएको छ । स्थानीय मिस्त्रीहरुले मन्दिर भवन निर्माण गरेका हुन् भने बुट्टा र सिसाका कलात्मक आकृति निर्माणका लागि नेपालगञ्ज र भारतको दिल्लीबाट मिस्त्रीहरु आएर काम गरेका हुन् ।

शिवधाम क्षेत्र संरक्षण तथा सिसमहल मन्दिर निर्माण समितिका सचिव बिमल शर्माले मन्दिर निर्माणका लागि हालसम्म एक करोड पाँच लाख ४९ हजार रुपियाँ खर्च भएको बताए । यस मन्दिरमा हालसम्म कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय मार्फत डिभिजन वन कार्यालयको ७५ लाख, मुसीकोट नगरपालिकाको २८ लाख, बैदेशिक रोजगारीमा रहेका स्थानीयको एक लाख सात हजार र स्थानीयले देउसीभैलो खेलेर संकलन गरेको एक लाख ४२ हजार रुपियाँ लगानी भएको छ ।

तीन वर्ष पहिला निर्माण सुरु गरिएको यो मन्दिरमा शिवको मूर्ति प्रतिस्थापना गर्न भने बाँकि रहेको छ । मूर्ति आईसकेको र शुभसाईत पारेर स्थापना गरिने तयारी रहेको सचिव शर्माले बताए ।

डिभिजन वन कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख शेरबहादुर परियारले पर्यावरण विकास र धार्मिक आस्थाको सम्मानको मन्दिर निर्माण गरिएको बताए । उनका अनुसार यो मन्दिर कर्णाली प्रदेशको पहिलो र नेपालकै तेस्रो सिसमहल मन्दिरको रुपमा लिईन्छ । यस अघि नवलपरासीको सुस्तामा गजेन्द्र मोक्षधाम र सिन्धुलीको काभ्रेस्थलीमा सिसाको मन्दिर निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search