Karnali Aawaj

Advertisement
Advertisement

एमाले बारेकोटको अध्यक्षमा बोहरा निर्वाचित

Advertisement

लिम्सा । नेकपा एमाले बारेकोट गाउँकमिटीको अध्यक्षमा लक्ष्मण प्रसाद बोहरा सर्वसम्मत निर्वाचित भएका छन । पालिकाको केन्द्र लिम्सामा बुधबार सम्पन्न गाउँकमिटीको दोस्रो अधिवेशनले बोहराको अध्यक्षतामा सर्वसम्मत रुपमा गाउँकमिटी निर्वाचित गरेको हो ।

अधिवेशनले कमिटीको उपाध्यक्षमा नन्दलाल पुन, सचिवमा मन बहादुर बोहरा, उपसचिवमा ध्रुवराज रोकाय र गंगा पोखरेलसहित ५१ सदस्यीय गाउँकमिटी निर्वाचित गरेको एमाले जाजरकोटका अध्यक्ष नरेन्द्र कुमार शाहीले जानकारी दिए । अध्यक्ष शाहीका अनुसार पदाधिकारीहरु सहित सबै सदस्यहरु सर्वसम्मत रुपमा चयन भएका हुन ।

अधिवेशनले चित्रबहादुर बस्नेतको अध्यक्षतामा ५ सदस्यीय लेखा समिति समेत सर्वसम्मत निर्वाचित गरेको छ । अधिवेशनमा पार्टी पोलिटव्युरो सदस्य एवम् जिल्ला इन्चार्ज लक्ष्मी प्रसाद पोखरेल, केन्द्रीय सदस्यहरु निरज आचार्य, डम्बर बहादुर सिंह र चन्द्रप्रकाश घर्ती, जिल्ला अध्यक्ष नरेन्द्र कुमार शाही सहित पार्टी प्रदेश कमिटीका सदस्यहरु र जनसंगठनका केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो ।

बारेकोट संगै एमालेको जिल्ला अधिवेशनपछि छेडागाड, भेरी, शिवालय, कुशे र जुनिचाँदेमा पालिका अधिवेशन सम्पन्न भइसकेका छन । अव नलगाडको पालिका अधिवेशन गर्न बाँकी रहेको एमालेले जनाएको छ ।

पालिकाहरुको अधिवेशन संगसंगै वडा अधिवेशनहरु पनि भइरहेका जिल्ला अध्यक्ष शाहीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search