Karnali Aawaj

Advertisement
Advertisement

बाढीले बगाउँदा कुशेमा १ जनाको मृत्यु, ६ घाइते

Advertisement

जाजरकोट । कुशे गाउँपालिका– १ तारेचौरमा बाढीले बगाउँदा १ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन ।

गाउँ नजिकैको खोलामा माछा मार्न गएका स्थानीय इन्द्र बहादुर रोकायको भारी वर्षापछि आएको बाढीले बगाउँदा मृत्यु भएको हो । रोकाय कुशे ४ स्थित मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक हुन ।

रोकाय सहित ७ जना शनिबार माछा मार्न भनेर खोलामा गएका थिए । माथिल्लो क्षेत्रमा अत्याधिक वर्षापछि आएको बाढीले करिब राती ११ बजेतिर उनिहरुलाई बगाएको कुशे गाउँपालिकाकी उपाध्यक्ष देविका सिंहले जानकारी दिइन । बाढीले बगाएका ७ जना मध्य अन्य ६ जना जिवितै पाखा लागेको र रोकायको मृत्यु भएको सिंहले बताइन ।

उनका अनुसार घाइते हुनेहरुमा तारेचौरका गोविन्द रावत, दिपेन्द्र बहादुर चलाउने, कुशे ४ तम्तीका राजेन्द्र बहादुर शाही, खिम बहादुर शाही, पृथ्वी बहादुर शाही र अर्छानीका जीवन जैसी रहेका छन ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search