
जाजरकोट । राष्ट्रिय युवा संघ नेपाल जाजरकोटले बृक्षारोपन गरेको छ । संगठनकी स्थायी कमिटी सदस्य पन्चमी रेग्मीको विशेष उपस्थितिमा जिल्ला अध्यक्ष सरोज जंग शाहीको नेतृत्वमा जिल्लाको छेडागाड नगरपालिक स्थित रामोदय माविको परिषरमा बृक्षारोपन गरिएको हो ।
संगठनको एक युवा पाँच विरुवा अभियान अन्तरगत लिप्टिस, बगाइनो, कटर लगायतका ३ सय बढि बिरुवा रोपिएको र २ सय विरुवा स्थानीय कृषकलाई हस्तान्तरण गरिएको अध्यक्ष शाहीले जानकारी दिए ।
बृक्षारोपन संगै विद्यार्थीहरु संग बृक्षारोपन र यसको महत्वको बारेका छलफल समेत गरिएको अध्यक्ष शाहीको भनाई छ । बृक्षारोपनका लागि आवश्यक विरुवा डिभिजन वन कार्यालय जाजरकोटले उपलब्ध गराएको थियो ।






