Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

भूकम्प प्रभावित बालबालिकामा जन्डिसको समस्या

Advertisement

सल्यान । अत्यधिक गर्मी र दूषित पानीले भूकम्प प्रभावित क्षेत्र दार्मा गाउँपालिकाका बालबालिकामा दुई सातादेखि जन्डिस फैलिएको छ । प्रभावित बालबालिकामा ज्वरो आउने, बान्ता गर्ने, खाना नखाने समस्या देखिरहेको स्थानीय बताउँछन् ।

जन्डिसका कारण पछिल्लो समयमा बालबालिका मात्र नभई बयस्क, बूढापाका, महिला सबै प्रभावित भइरहेका छन् । अहिले एकै घरमा दुईरतीन जनासम्म जन्डिसका बिरामी देखिएका छन् । दार्माका सबैजसो बस्तीमा विद्यालय उमेरका बालबालिका जन्डिसबाट बढी प्रभावित भएका छन् ।

जन्डिसका बिरामी बढ्न थालेपछि पालिकाको ६ वडाका ८ स्वास्थ्य संस्थामा बिरामीको घुइँचो लाग्न थालेको छ । ती स्वास्थ्य संस्थामा जन्डिस परीक्षणको सुविधा नहुँदा बिरामीले जिल्ला अस्पताल सल्यान तथा रुकुम पश्चिमको चौरजहारीस्थित मिसन अस्पताल धाउनुपरेको छ ।

पालिकाले बारम्बार सरसफाइमा ध्यान दिन, पानी उमालेर खान, प्रशस्त मात्रामा झोलिलो पदार्थ सेवन गर्न सल्लाह दिँदै आए पनि लापरबाहीका कारण जन्डिस रोगले महामारीको रूप लिन थालेको दार्मा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताए । साताअघि एक सय जना बालबालिका प्रभावित भएकामा अहिले ३ सयभन्दा बढी पुगेका उनले बताए ।

जन्डिस देखिएका बालबालिकामा ज्वरो आउने, पखाला लाग्ने, बान्ता हुने, खान मन नलाग्ने, दुब्लाउँदै जाने लक्षण देखिएको र पालिकाका स्वास्थ्य संस्थामा उपचार सम्भव नभएकाले ज्वरो र पखालाको औषधि दिएर सरसफाइ र खानपिनमा ध्यान दिन सल्लाह दिँदै पठाउने गरेको उनले बताए ।

सामुदायिक स्वास्थ्य इकाइ केन्द्र ढाँकाडाममा दैनिक उपचारका लागि आउने १५र२० जना मध्ये ६र७ जनामा जन्डिसको लक्षण देखिएको स्वास्थ्यकर्मी यज्ञबहादुर खड्काले बताए । इकाइ केन्द्रमा आएका बालबालिकालाई जाँच गरेर रगत परीक्षणका लागि प्रयोगशाला सेवा सञ्चालित अस्पतालमा जान सल्लाह दिँदै आएको उनले जानकारी दिए ।

गत कात्तिक १७ को भूकम्पपछि बसोबास र खानपानको उचित ब्यवस्थापन हुन नसक्दा बालबालिकामा ज्वरो, निमोनिया, झाडापखालाजस्ता रोग देखिँदै आए पनि अहिलेसम्म मानवीय क्षति हुन नपाएको उनको भनाइ छ । – कान्तिपुर

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search