Karnali Aawaj

Advertisement
Advertisement

मेयर घर्तीको आत्मकथा ‘जाजरकोटको एक अनन्त यात्री’ लोकार्पण

Advertisement

जाजरकोट । भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीको आत्मकथा ‘जाजरकोटको एक अनन्त यात्री’ शनिबार लोकार्पण गरिएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आयोजित एक कार्यक्रममा उक्त पुस्तकको लोकार्पण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि ओलीले घर्तीलाई आत्मकथा प्रकाशन गर्ने पहिलो मेयर भएकोमा अभिनन्दन गर्दै शुभकामना दिए । उनले असार १५ गते नेपालका धेरै प्रसिद्ध व्यक्तिहरूको जन्मदिन पनि परेको उल्लेख गर्दै, लेखकलाई पनि यस्तै प्रसिद्धि मिलोस् भन्ने कामना गरे ।

कार्यक्रममा लेखन कुञ्जका अध्यक्ष कमल ढकाल, विश्व उत्प्रेरणा प्रशिक्षक रमण भट्टराई र ब्लाइन्ड रक्सकी अध्यक्ष सृष्टि केसी लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो । लेखकका परिवारजनमा छोरी सुशाशिका र भाइ एवं अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष नारायण घर्ती सहित विभिन्न क्षेत्रका व्यक्तित्वहरू पनि कार्यक्रममा सहभागी थिए ।

लेखन कुञ्ज (घोस्ट राइटिङ नेपाल) द्वारा प्रकाशित यो पुस्तक लेखकको जन्मदिनको अवसरमा सार्वजनिक गरिएको हो । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका मेयर घर्तीको यो पहिलो कृति हो । उनी पहिलो कार्यकाल सकाएर दोश्रो कार्यकालका लागि भेरी नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search