Karnali Aawaj

Advertisement
Advertisement

लागु औषध दुर्व्यसनी नियन्त्रणका लागि योग

Advertisement

जाजरकोट । जाजरकोटमा तनाव व्यवस्थापन तथा खुसी विज्ञान सम्बन्धी २ दिने कार्यशाला सम्पन्न भएको छ । भेरी नगरपालिकाले संचालन गरेको योग ध्यानका कार्यक्रम मार्फत लागु औषध दुर्व्यसनी नियन्त्रण तथा रोकथाम अभियान अन्तरगत उक्त कार्यशाला सम्पन्न भएको हो ।

जीवन विज्ञानका प्रशिक्षक होमनाथ आचार्यको सहजीकरणमा सम्पन्न २ दिने कार्यशालामा भेरी नगरपालिकाका विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, नगरपालिकाका कर्मचारी सहित एक सय ५० बढीको सहभागिता रहेको भेरी नगरपालिका विपद ब्यवस्थापन शाखाका प्रमुख यज्ञनाथ गौतमले जानकारी दिए ।

पछिल्लो समय समाजमा युवाहरू लागु पदार्थ दुर्व्यसनमा फस्दै गएपछि भेरी नगरपालिकाले विभिन्न चेतनामुलक कार्यक्रम मार्फत लागु औषध नियन्त्रण तथा रोकथाम अभियान संचालन गरिरहेको छ ।

भेरी नगरपालिकाले चालु आर्थिक वर्षमा लागु पदार्थ दुर्व्यसनी विरुद्ध विशेष अभियान अन्र्तगत योग ध्यान समेत सञ्चालन गरिरहेको भेरी नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख अमृत बहादुर पुनले बताए । अहिलेका युवाहरुमा विभिन्न कारणले तनाव सिर्जना हुने र उक्त तनाव कम गर्ने बहानामा कुलतमा फस्ने, लागु पदार्थ दुब्र्यसनीमा फस्ने भएकोले जीवन विज्ञानका प्रशिक्षक मार्फत तनाव ब्यवस्थापन र खुसी विज्ञान सम्बन्धी कार्यशालाको आयोजना गरिएको उनको भनाई छ ।

भेरी नगरपालिकाका जनस्वास्थ्य निरीक्षक दीपक वलीले कार्यक्रम निकै जीवन उपयोगी भएको बताए । स्वास्थ्यकर्मीले सिकेर आफ्नो ब्यवहारमा लागु गर्ने र विरामीलाई समेत आवश्यक परामर्श दिन सकिने उनको भनाई छ । योग, प्रणायाम र ध्यानलाई एक साथ अगाडी बढाउन सके कोही पनि मानिस कुलतमा फस्नु नपर्ने, तनावमा बस्नु नपर्ने र खुसी हुने प्रशिक्षक होमनाथ आचार्यले बताए ।

कार्यक्रम समापन कार्यक्रममा भेरी नगरपालिका ३ कि ज्ञानु शर्माले कार्यक्रम निकै प्रभावकारी भएको बताइन । भेरी नगरपालिकाले आयोजना गरेको तनाव ब्यवस्थापन तथा खुसी विज्ञान कार्यशाला निकै उपयोगी र प्रभावकारी रहेको भेरी नगरपालिका २ कि सावित्रा चन्दले बताईन । ‘हाम्रो मनमा धेरै कुराहरु खेलिरहेको हुन्छ, त्यो तनाव कम गर्न योगले धेरै काम गर्ने रहेछ, चन्दले भनिन् अव म घरमै भएपनि नियमित योग गर्छु ।’

नमुना युवा नगरसभा अभ्यास

युवाहरूलाई लागु औषध दुर्व्यसन नियन्त्रण तथा रोकथाम सम्वन्धि कार्यक्रमलाई सहयोग पुर्याउन भेरी नगरपालिकाका ४० जना युवा युवतीहरूलाई नमूना युवा नगर सभा अभ्यास गराइएको छ । भेरी नगरपालिकाको सहयोगमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । युवाहरुका सकारात्मक सोचको विकास गर्न र सिर्जनशिलता ल्याउन उक्त कार्यक्रम गरिएको भेरी नगरपालिकाले जनाएको छ ।

लागु पदार्थको दुर्व्यसनमा फस्दै गएका युवा जमातलाई बचाई राख्न वर्तमान अवस्थामा नकारात्मक असरहरूका बारेमा जनचेतना फैलाउने, दुर्व्यसनकर्तालाई कुलतबाट छुटाउन, बचाई राख्न तथा लतमा पर्न सक्ने सम्भावना भएका व्यक्तिहरूबाट बचाउनका लागि भेरी नगरपालिकाले चालु आर्थिक वर्षमा लागु पदार्थ दुर्व्यसनी विरुद्ध विशेष अभियान सञ्चालन गरिरहेको भेरी नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख अमृत बहादुर पुनले बताए ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

फर्किदै जंगल, बदलिँदै जीवन : ‘माइ फरेष्ट चाइल्ड’ परियोजनाको प्रभाव

फर्किदै जंगल, बदलिँदै जीवन : ‘माइ फरेष्ट चाइल्ड’ परियोजनाको प्रभाव

जाजरकोट । जाजरकोटमा नाङ्गिदै गएका डाँडा पाखाहरूमा अहिले हरियाली फर्किन थालेको छ । बढ्दो वन विनास, अतिक्रमण र अवैज्ञानिक विकास निर्...
भेरी नगरपालिकाका सबै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरू

भेरी नगरपालिकाका सबै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरू

जाजरकोट। भेरी नगरपालिकाका १३ वटै वडामा अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरु गरिएको छ । जिल्लाका ७ वटा स्थानीय मध्य सबै वडामा ...
कर्णालीमा मन्त्रालयको संख्या ६ मा झारियो

कर्णालीमा मन्त्रालयको संख्या ६ मा झारियो

सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ । सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुन ...
कर्णालीमा २० लाख कमका आयोजना नबन्ने

कर्णालीमा २० लाख कमका आयोजना नबन्ने

सुर्खेत । कर्णाली प्रदेशको विकास प्रक्रियालाई थप पारदर्शी, प्रभावकारी र जवाफदेही बनाउने उद्देश्यले प्रदेश सरकारले ‘आयोजनाको प्रस्त...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search