Karnali Aawaj

Advertisement
Advertisement

दिनको सुरुवात कसरी गर्ने ?

Advertisement

पानी पिउनुस् : बिहान उठ्नासाथ एक वा दुई गिलास मनतातो पानी पिउनुपर्छ । यसले शरीर र दिमाग हाइड्रेट गर्छ र ऊर्जाशील बनाउँछ ।

व्यायाम : बिहान कम्तीमा एक घन्टा व्यायाम गर्नु राम्रो हुन्छ । व्यायाम गर्दा शरीर तन्कन्छ र दिमाग पनि तेजसँग चल्न थाल्छ । गर्मीको समयमा बिहानै मर्निङ वाकमा जानु राम्रो हुन्छ । कोठाभित्रै योग गर्न पनि सकिन्छ । डान्स गर्न पनि सक्नुहुन्छ । यसले पनि मुड फ्रेस गराउँछ ।

ध्यान : बिहान व्यायाम गरिसकेपछि कम्तीमा १० मिनेट ध्यान गर्नुस् । १० मिनेट नियमित ध्यान गर्दा तनाव, चिन्ता, एन्जाइटीलगायत समस्याबाट बच्न सकिन्छ ।

डायरीमा लेख्नुस् : हामी धेरै प्लान बनाउँछौँ, तर हतारोका कारण भोलिपल्टै बिर्सन्छौँ । बिहान उठेर नित्यकर्म गरिसकेपछि डायरी लेख्ने र योजना बनाउने कामले तपाईलाई प्रभावकारी बनाउँछ । त्यसैले बिहान आफ्नो प्लान तयार गर्नुस् । नोटबुकमा पूरै दिनका काम लेख्नुस् । यसले तपाईंको मस्तिष्कलाई पनि एक्सरसाइज गराउँछ । त्यस्तै, तपाईं हतारो नगरी योजनाबद्ध रूपमा आफ्ना काम सम्पन्न गर्नसक्नुहुन्छ ।

स्वस्थ ब्रेकफास्ट : दिनभर ऊर्जावान् बन्नका लागि बिहान नास्तामा स्वास्थ्य आहार लिन जरुरी छ । रोटी, दूध वा जुससँगै नास्ताको प्लेटमा केही प्रोटिनयुक्त आहार समावेश गर्नु राम्रो हुन्छ । जौको सातु, अन्डा, बदाम, फलफूललगायत सेवन गर्न सकिन्छ । कतिपयले बिहान नास्ता नलिई सीधै खाना खान्छन् । तर, यो राम्रो होइन । नास्ता लिने बानीले दिउँसो अत्यधिक भोजन गर्ने बानी पनि छुट्छ । सन्तुलित मात्रामा खानाले मोटोपन घट्छ, मस्तिष्क ऊर्जाशील बन्छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search