Karnali Aawaj

Advertisement
Advertisement

भेरीको आगामी वर्षको बजेट १ अर्व ७ करोड

Advertisement

जाजरकोट । भेरी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि १ अर्व बढिको बजेट पारित गरेको छ । अषाढ १० र ११ गते सम्पन्न नगरसभाबाट नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्व ७ करोड ६७ लाख १३ हजार ३८३ रुपैयाँको बजेट पारित गरेको हो ।

नगरको आन्तरिक आम्दानी र सरकारी अनुदान गरि ८८ करोड ५३ लाख १५ हजार ३८१ र विकास साझेदार निकायहरुबाट १९ करोड १४ लाखको अनुमान गरि उक्त बजेट ल्याइएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिए । नगरप्रमुख घर्तीका अनुसार बजेटमा भूकम्प पछिको पुनसर््थापनासहित शिक्षा, स्वास्थ्य, कृषि रोजगारी र विकास निर्माणका अन्य पक्षहरुलाई प्राथमिकता दिइएको छ ।

बजेटले नगरपालिकाले संचालन गरेका बालबालिकाहरुसंग मेयर, महिलाहरुसंग उपमेयर, लागु औषध दुर्व्यसनी नियन्त्रण लगायतका कार्यक्रमहरुलाई निरन्तरता दिएको छ भने पालिका भित्रका किसानहरुलाई कृषि व्यवसायमा प्रोत्साहित गरि आधुनिक कृषि प्रणाली मार्फत रोजगारी सृजना गर्ने खालका कार्यक्रमहरुलाई प्राथमिकता दिइएको छ ।

नगरपालिकाका सबै वडाहरु सडक संजालमा जोडिसकेकोले बाह्रै महिना यातायात सेवा संचालन गर्न बजेटको व्यवस्था गरिएको छ । त्यस्तै नेटीबजार-रुपाकोट-नेटीबजार सडकको स्तरोन्नतीका लागि प्रदेश सरकारको समपुरकमा ५० लाख बजेट विनियोजन गरिएको छ भने थाप्लेचौर बसपार्कको स्तरोन्नती तथा व्यवस्थापन गर्न नगर विकास कोषबाट ऋण लिई काम अगाडी बढाइने छ ।

साझेदार निकायसंगको सहकार्यमा नगर क्षेत्रभित्रको फोहोर व्यवस्थापन गर्न आवश्यक बजेटको समेत व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।

यस्तो छ बजेट : भेरी_बजेट_ २०८१।८२

 

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search