Karnali Aawaj

Advertisement
Advertisement

जाजरकोटमा पहिरोको जोखिममा रहेका २ गाउँका १३ परिवारलाई अन्यत्र सारियो

जिल्लाका ७४ बस्ती उच्च जोखिममा

Advertisement

जाजरकोट । जाजरकोटमा पहिरोको जोखिममा रहेका २ गाउँका १३ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । भूकम्पका कारण जोखिममा रहेका जाजरकोटको भेरी नगरपालिका–१ च्याउपानीका स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको हो ।

गत कात्तिक १७ गते रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले सो स्थानलाई बस्न जोखिम बनाएको थियो । जिल्ला प्रहरी कार्यालय जाजरकोटको सहयोगमा सो गाउँका ११ परिवारलाई पहिरोबाट जोगाउन सुरक्षित ठाउँमा सारिएको हो ।

भेरी नगरपालिका –१ च्याउपानीका पहिराको उच्च जोखिममा रहेका ११ घरपरिवारलाई अन्यत्र सारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । ती मध्ये ६ परिवारलाई भेरी–१ मैदेगाउँको खुला चौर र अन्यलाई तत्कालका लागि आफन्तकहाँ बस्ने व्यवस्था मिलाएको डिएसपी पाण्डेको भनाई छ ।

त्यसैगरी भेरी नगरपालिका ३ चंखेलीडाँडा बस्ने पहिरोको जोखिममा रहेका २ परिवारलाई समेत सुरक्षित स्थानमा सारिएको छ । उच्च जोखिममा रहेका राधिका विक र कल्पना विकको परिवारलाई त्रिभुवन माविको चौरमा अस्थायी रुपमा बस्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।

भूकम्पका कारण नलगाड नगरपालिकाका २१ वटा बस्ती पहिरोको उच्च जोखिममा परेका छन् । त्यसैगरि कुशे गाउँपालिकामा १८, शिवालय गाउँपालिकामा १, जुनीचाँदे गाउँपालिकामा ६, भेरी नगरपालिकामा ११, बारेकोट गाउँपालिकामा १० र छेडागाड नगरपालिकामा ७ वटा बस्ती पहिरोको उच्च जोखिममा रहेको जिल्ला विपत् व्यवस्थापन केन्द्र जाजरकोटले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

पूर्ण सरसफाई सम्बन्धी कार्ययोजना बनाउँदै भेरी नगरपालिका

जाजरकोट । भेरी नगरपालिकामा पूर्ण सरसफाई कार्ययोजना सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । सबैका लागी दीगो खानेपानी, सरसफाई ...
जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोटमा प्राविधिक तर्फका डिप्लोमा कोर्ष अब ३० हजार मै पढ्न पाइने

जाजरकोट । दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई अब प्राविधिक शिक्षा पढ्न महँगो शुल्क तिरेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँ वा अन्य शहर धा...
सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेतमा ‘कर्णाली पर्यटन सम्मेलन’ हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपाल...
जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

जाजरकोट प्रहरीले गर्यो ठूलो परिमाणको गाँजा र अफिम खेती फडानी

खलंगा । जाजरकोटमा ठूलो परिमाणमा गाँजा र अफिम खेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फागुन २१ गतेदेखि र वैशा...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search