Skip to main content

Karnali Aawaj

Advertisement
Advertisement

जे कुरामा पनि रिस उठ्छ, अपनाउनुस् यी उपाय

Advertisement

काठमाडौँ । जति बेला पनि रिस तपाईँको नाकको टुप्पामा हुन्छ ? कुराकानी गरिरहेको समयमा पनि एक्कासि रिसउठ्छ ? कार्यालयमा साथीभाइ वा हाकिमसँग कुरा गर्दा अनियन्त्रित बन्नु हुन्छ ? यी सबैलाई सामान्य लक्षण नसम्झिनुस् । किनकि यस्तो खालको रिसले बेचैनी र घबराहट उत्पन्न गर्छ, जसले डिप्रेसन पनि निम्त्याउन सक्छ । यति मात्र कहाँ हो र ? यस्ता व्यक्तिहरू आफ्नो लक्ष्यमा पुग्न सफल पनि हुँदैनन् । त्यसैले समयमै यस्तो रिसलाई नियन्त्रण गर्नुस् ताकि गम्भीर समस्याबाट बच्न सकियोस् ।

रिसाएर केही लाभ हुन्न । यसले उल्टै निश्चित दिशामा जानबाट तपाईँलाई रोक्छ । तपाईँ आफ्नो उद्देश्यबाट भड्किनु हुन्छ । कोर्टिसोल हर्माेनको सन्तुलन पनि बिग्रन सक्छ । कोर्टिसोलले तनाव प्रतिक्रियामा महत्त्वपूर्ण भूमिका खेल्छ । स्वास्थ्यको लागि कोर्टिसोलको पर्याप्त सन्तुलन जरुरी छ । त्यो भए आफूलाई कसरी शान्त राख्ने ?

आफूलाई शान्त राख्ने ५ उपायहरू

श्वासप्रश्वास नियन्त्रण गर्ने: हेल्थलाइनको रिपोर्ट अनुसार तनावपूर्ण अवस्थामा आफ्नो श्वासप्रश्वास नियन्त्रण गर्नाले रिस नियन्त्रण गर्न मद्दत मिल्न सक्छ । यस्तोमा गहिरो सास फेर्न कोसिस गर्नुस् । यसका लागि ५ सेकेन्डसम्म आफ्नो सास रोक्नुस् अनि छोड्ने प्रक्रिया केही बेरसम्म दोहोर्याइरहनुस् । यसो गर्दा शान्ति र आराम मिल्छ ।

व्यवहारिक बन्नुस्: रिसाउनबाट बच्न आफ्नो भावनामाथि नियन्त्रण राख्नुस् अनि व्यावहारिक हुनुहोस् । चर्को स्वरमा बोल्ने प्रयास नगर्नुस् । स्वरमा कुरा बोल्दा तपाईँको सामुन्ने रहेको मान्छेले ठिकसँग प्रतिक्रिया दिँदैनन् । बरु नरम भएर अनुरोध गर्नुस् ।

सोचेर बोल्ने: कुरा कुरामा अनियन्त्रित हुनुहुन्छ भनेर बोल्नु वा मुख खोल्नु अघि सोच विचार गर्नुस् । रिसाउँदा मनमा दुबिधा उत्पन्न भएर राम्रो निर्णय लिन सकिन्न । हतार गर्नुको सट्टा आफूले बोल्ने हरेक शब्दमा विचार गर्नुस् ।

व्यायाम गर्ने: अत्यधिक रिस मानसिक स्वास्थ्य बिग्रिएको संकेत पनि हुन सक्छ । त्यसैले तनाव कम गर्न र मुड सुधार्न हरेक दिन केहि समय मात्रै भएपनि व्यायाम गर्नुस् । यसो गर्दा शरीरमा कोर्टिसोलको स्तर कम हुन्छ र ह्याप्पी हर्मोन निस्कन्छ । यसले तपाईँलाई राम्रो महसुस गराउँछ ।

प्रकृतिमा रमाउने: प्रकृतिले क्रोधलाई नियन्त्रण गर्न बामको काम गर्छ । त्यसैले रिस उठेको बेलामा घर वा अफिस जहाँ भएपनि हरियाली भएको ठाउँमा केही समय बिताउनुस् । यसले तपाईँले ताजगी अनुभव गर्नुहुनेछ र स्थितिमा सुधार आएको महसुस गर्न सक्नुहुनेछ । – एजेन्सी

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एनपिएलमा आज दुई खेल, कर्णाली याक्सले जनकपुर बोल्ट्ससँग भिड्ने

एनपिएलमा आज दुई खेल, कर्णाली याक्सले जनकपुर बोल्ट्ससँग भिड्ने

सुर्खेत । हिजो (कार्तिक ९) देखि सुरू भएको प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछन। त्रिवि मैदान कीर्तिपुरमा मध्याह्न साढे १२ ...
कर्णालीका आठ स्थानीय तहमा अझै पुगेन सडक

कर्णालीका आठ स्थानीय तहमा अझै पुगेन सडक

सुर्खेत । कर्णाली प्रदेशका आठ स्थानीय तहका केन्द्रसम्म अझै मोटर गुड्ने सडक पुगेको छैन। सडक नहुँदा नागरिकले सामान्य प्रशासनिक कामदे...
रूकुम पश्चिममा बालक मृत्यु प्रकरणः १ जना पक्राउ

रूकुम पश्चिममा बालक मृत्यु प्रकरणः १ जना पक्राउ

रूकुम पश्चिम । रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका २ मा ६ वर्षीय बालकलाई हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन । बल बहादुर नाथक...
भेरी नगरपालिकाको वडा नं. ९ ‘बालमैत्री वडा घोषणा’

भेरी नगरपालिकाको वडा नं. ९ ‘बालमैत्री वडा घोषणा’

खलंगा । भेरी नगरपालिकाको वडा नं. ९ लाई बालमैत्री वडा घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन अन्तर्गत राष्ट्रिय तथा स्थानीय सबै सू...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search