जाजरकोट । जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
भेरी नगरपालिका-६ गंज भन्ने स्थानमा सदरमुकाम खलंगा देवि वडा नम्बर ६ नेटा जाँदै गरेको जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
ग १ ज ७७११ नम्बरको जिप सडकदेखि ३००/४०० मिटर खस्दा भेरी-६ गंगटिया बस्ने ३४ वर्षीय मानबहादुर वलीको मृत्यु भएको हो।
दुर्घटनामा परी १४ जना यात्रु घाइते भएका छन । घाइते सबैको जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।




